पल र मलिकाले पाए दर्शकको अपार माया (भिडियो सहित)

 


काठमाडौं – नायक पल शाह र नायिका मलिक महत फिचर्ड म्युजिक भिडियो ‘फूलबुट्टे सारी’को फिमेल भर्सनले ९ करोड बढी भ्युज पाउन सफल भएको छ ।

गीत रिलिज भएको करिब २ वर्षको अवधिमा मात्रै ६ लाख बढी लाइक र २४ हजार बढी सकारात्मक कमेन्ट पनि गीतले पाएको छ। मिलन नेवारको स्वर र राजनराज शिवाकोटीको शब्द अनि संगीत रहेको ‘फूलबुट्टे सारी’को फिमेल भर्सनलाई अत्यन्तै रुचाइएको हो ।

मिलन नेवारको स्वर र राजनराज शिवाकोटीको शब्द अनि संगीत रहेको ‘फूलबुट्टे सारी’को फिमेल भर्सनले हालसम्म ९ करोड बढी भ्युज युट्युबमा पाउन सफल भएको छ।

हालसम्मकै निकै रुचाएको भिडियोमा यो पनि पर्ने गर्छ। यसै भिडियो मार्फत पल र मलिकाको जोडी दर्शकले अत्याधिक रुचाउँदै आएका हुन् ।भिडियोलाई राजेश पुवा राईले निर्देशन गरेका हुन्।

कालिन्चोकका विभिन्न स्थानको आकर्षक दृश्यलाई कैद गरि उत्सव दाहालले भिडियो खिचेका हुन् । भने, विकाश दाहालले सम्पादन गरेका छन् ।केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा ‘फूलबुट्टे सारी’को फिमेल भर्सनलाई बजारमा ल्याइएको थियो।

Comments