भान्जी भेट्न आइतबार नै सञ्जय काठमान्डौबाट पोखरा जान प्लेनको टिकट काटे । भान्जीको अनुहार हेरेर काखमा लिने उनको सपना अधुरो रह्यो । उनी चढेको यती एयरको विमानसंगै उनि पनि दुर्घटनामा परे । जैसवाल भारतीय नागरिक हुन् ।
तर उनी धेरै वर्षदेखि नेपालमा बसेका थिए । दिदी नितुलाई भेट्न काठमाडौंबाट पोखरा उडेका सञ्जयले पोखरामा दिदीलाई भेट्न पाएनन्भारतको विहारबाट ८ वर्षअघि नेपाल आएर हार्डवेयर व्यापार गरेका विकासकी श्रीमती नितु जैसवाल गर्भवती थिइन्।
शनिबार रातिदेखि उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो। ‘नितु गर्भवती थिइन्। व्यथा लागेपछि हामीले हिजो बिहान ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायौं,’ विकासले भने। श्रीमतीलाई अस्पताल ल्याएर भर्ना गरेपछि विकासले साला सञ्जयलाई फोन गरे।
सञ्जय काठमाडौंमा हार्डवेयर सामग्रीको मार्केटिङ गर्थे। फोन लागेन। त्यसपछि विकासले भारतमा ससुरालाई फोन गरे। श्रीमतीलाई डेलिभरीका लागि अस्पताल भर्ना गरेको जानकारी गराए। भारतबाट परिवारले काठमाडौं बसेका सञ्जयलाई फोन गरेछन्। पोखरामा दिदी सुत्केरी हुन लागेको बताएछन्। त्यसपछि सञ्जयले पोखरा आउने निधो गरे। एकै अस्पतालमा दिदी छोरी जन्मिएको खुसी छिन् ।
तर बाहिर पोस्टमार्टम भवनमा भाइको शव राखिएको थाहा छैन । उनका आफन्त नेपालमै छन् ।भारतको बिहारमा उनको आमा र बिरामी बाबा छन् । परिवारको सहारा उनी एक्लो थिए । उनका एकमात्र दिदिभिनाजु भने पोखरामा बस्दै आएका थिए । दिदीलाई भेट्न र कामको सिलसिलामा उनी पोखरा आइरहन्थे । तर, यसपालि उनी कहिल्यै नफर्कने गरी पोखरामा अस्ताए । मामा बनेका सञ्जयको खुसी २४ घण्टा पनि रहेन सकेन। भर्खरै संसार टेकेका भाञ्जालाई सप्रेम सुम्सुम्याउन पाएनन् एक झलक देख्न पाएनन् ।
शनिबारमात्र अपरेशन गरेकी दिदीलाई थाहा नदिएको भिनाजु विकास जैसवालले जानकारी दिए । उनले भने, ‘कसरी भन्नू , उसलाई थाहा दिनु हुँदैन’ एकै अस्पतालमा दिदी छोरी जन्मिएको खुसी छिन् । तर बाहिर पो-स्टमार्टम भवनमा भाइको श-व राखिएको थाहा छैन । विकासकी श्रीमती नितुले आइतबार बिहान नै अप्रेसन गरेर छोरी जन्माएकी छिन्। अस्पतालमा अरू बिरामीले कुरा गरेको सुनेर नितुले श्रीमान विकासलाई भाइ भेट्न आए-नआएको सोधेकी थिइन्।
विकासले भने भाइ काठमाडौंमै भएको बताएका छन्। ‘भाइ भेट्न आयो कि आएन भनेर नितुले सोधेकी छन्। हामीले आएको छैन भनेका छौं,’ विकासले भने, ‘अहिले जानकारी दिएका छैनौं, उनको मोबाइल पनि मैले राखेको छु। थाहा पायो भने आत्तिएर अप्रेसन गर्दा लगाएको टाँका फुस्किन सक्छ। रौतहट पारी भारतको विहार राज्य सीतामढीका सञ्जय ६ वर्षअघि मात्र काठमाडौं आएका थिए। उनका अंकल परिवारसहित काठमाडौंमा बस्छन्। आइतबार भएको दुर्घटनामा परेर सञ्जयसहित ५ जना भारतीय नागरिकको मृत्यु भएको छ।
Comments