प्रेमको चर्चाबीच आमेशले भने- समीक्षासँग विवाह गर्न तयार छु

 


काठमाडौं । गायक तथा फिल्म अभिनेता आमेश भण्डारी र गायिका समीक्षा अधिकारी पछिल्लो समय टिकटकमा निकै हिट छन् ।

 

 

टिकटक भिडियोमा यी दुईको केमेस्ट्री पनि देख्न सकिन्छ । एकअर्कालाई साथी भन्दै बर्थडे विस पनि गरिरहेका हुन्छन् । यी सबथोक हेर्दा यी दुईबीच निकटता रहेको बुझ्न कठिन छैन ।

 

हालैको अष्ट्रेलिया भ्रमणमा यी दुईले रमाइला टिकटक बनाएर पोस्ट गरिरहेका थिए । यतिबेला आमेश घर फर्किएका छन् । यही क्रममा एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै उनले प्रस्ताव आए समीक्षासँग विवाह गर्न आफू तयार रहेको समेत बताए ।

 

उक्त टिभी शोका प्रस्तोताले आमेशलाई समीक्षाको बुबाआमा केटा माग्दै घर आउनुभयो भने के तपाईँ उनीसँग विवाह गर्न तयार हुनुहुन्छ ? भनेर सोधेका थिए । आमेशको जवाफ थियो, ‘त्यस्तो भयो भने त एकदम लक्की हुन्छु । म विवाह गर्छु । मेरो उमेर पनि भयो ।’

 

पछिल्लो समय समीक्षा र आमेशबीच प्रेमको चर्चा पनि चलिरहेको छ । यो चर्चाबीच आमेशले विवाह गर्न तयार रहेको बताएका हुन् ।

 

 

 

तर समीक्षा मिल्ने साथी मात्र भएको उनले बताए । आमेश भन्छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर अहिले हामी प्रेममा त छैनौं पछि के हुन्छ थाहा छैन ।’

Comments