मलेसियामा लडाइँ-झगडा गरेर मृत्यु भएको अवस्थामा दुई नेपाली श्रमिकको शव फेला।


क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेरेम्बानमा एक रेष्टुरेन्ट परिसरमा दुई नेपाली श्रमिकको हत्या भएको अवस्थामा मृत शव फेला परेको छ।
 शनिबार (डिसेम्बर ३ तारिख) दिउँसो सेरेम्बानमा अवस्थित एक रेष्टुरेन्टनजिकै हथौडाले हानेर हत्या गरिएको अवस्थामा दुई नेपाली सुरक्षागार्ड पुरुषको अनुहारमा कालो चोट लागेको अवस्थामा मृत फेला परेको हो।

 सेरेम्बन ओसीपीडीका सहायक कमाण्डर नन्द मारोफले साँझ ६ः४५ बजे स्थानीयबाट सूचना पाए लगत्तै घटनास्थलमा तीन जना नेपाली फेला परेको, जसमध्ये एकजना सकुशल रहेको र अन्य दुईजना मृत अवस्थामा फेला परेको बताए। उनले भने कि कामदारहरू मलेसियामा सुरक्षागार्डमा काम गर्नेहरु हुन।

 होटल , रेष्टुरेन्टमा खाना खाने ठाउँमा भेटिएका ती दुई नेपाली मृतकहरु ३५ बर्षिय र ४६ बर्षिय रहेको स्थानीय प्रहरीले जनाएको छ। “दुई पीडित नेपालीहरू एकअर्काबाट टाढै ढलेका थिए र अनुहारमा अत्याधिक चोटपटक लागेको थियो तर हामीलाई अझै फरेन्सिक जाँचको आवश्यकता रहेको छ,” उनले भने, हत्याको उद्देश्य अझै पत्ता लाग्न सकेको छैन, हामी जाँचबुझ गर्दैछौं उनले भने।

 उनका अनुसार ति नेपालीहरुले मादक पदार्थ (रक्सी) सेवन गरेको आशंका गरिएको छ, भने प्रहरीले आक्रमणमा प्रयोग भएको हतियार पनि फेला पारेको छ ।हत्याको दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको प्रहरीले बताए। 

 घटनाको कारण र पक्राउ परेका व्यक्तिको संलग्नता हो वा होइन भन्ने विषयमा रेष्टुरेन्ट नजिकै रहेको सिसिटिभी भिडियो फुटेजहरु खोजेर प्रहरीले अनुसन्धान गरिरहेको छ। मृत्यु भएका र पक्राउ परेका नेपालीहरुको परिचय भने अहिले गोप्यनै राखिएको छ।

Comments