आफ्नै श्रिमती र छोरालाई जिउदै ज’लाए श्रिमानले, छोरोको ज्यान गयो भाग्यले बाचिन श्रीमती (भिडियो सहित)

 

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छ’र्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृ;त्यु भएको छ । श्रीमती घा”इते छिन् । स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका उनलाई प्र’हरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

जलेर ग”म्भीर घा”इते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनले भानुभक्तलाई भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको पनि बताए। साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए ।

बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँ”टी, हात, कान लगायतका भाग जलेको छ । प्र”हरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ । हाल उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस् ।

Comments