चर्चित गायिका टीका सानुको छिमेकीको पुरै परिवार आँखा नदेख्ने, २ हप्तादेखि भोकभोकै भन्दै रोइन् (भिडियो सहित
चर्चित लोकगायिका टीका सानुको छिमेकीमा यस्तोसम्म दु:ख देखियो । टीका सानुको छिमेकीको पुरै परिवार आँखा नदेख्ने रहेछन । २ हप्तादेखि भोकभोकै छौ भनेर रुईन बालबच्चाकी आमा । यस्तो दृश्यले कसको मन चाहिँ नछुला र ! कठै टीका सानु समेत भावुक बनिन यो दृश्यले ।
तीन सन्तान तिनैजना आँखा नदेख्ने छोरो त बोल्न पनि नसक्दो रहेछ । दाङको तुलसीपुर निवासी यो परिवारको दुख देखेर कसको चाहिँ मन नछुला र ! तेरो कोख नै बिग्रीएको रहेछ भन्दा झुण्डिएर मरौ झै लाग्छ भन्दै भक्कानिइन आमाचाहिँ । के भाग्य लिएर जन्मेछु यस्तो कैले खुट्टो फुकालेर हिड्न पनि पाउँदिन भन्दै भक्कानिइन उनी ।
दुनियाँले आफ्ना छोराछोरीलाई हेला गर्छन तर आफ्नो सन्तानलाई माया मार्न पनि सकिदोँ रहेनछ भन्दै भक्कानिइन उनी । टीका सानुले भने उनिहरुको पिडाको बिषयमा खुलेर बोलिन । बच्चाहरुको आमाको ठाउँमा म आफुलाई कल्पना पनि गर्न सक्दिन भनिन उनले । न बस्ने राम्रो ठाउँ छ न त खानलाई खाना नै, भोकभोकै सुत्नुपर्ने अबस्था समेत आएको भन्दै भक्कानिइन आमा ।

Comments