अर्जेन्टिनासँग विश्वकपको सेमिफाइनलमा आफ्नो टोली पराजित भएपछि क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच दुःखी भएका छन् र इटालियन डेनियल ओरसाटोको रेफ्रीको आलोचना गरेका छन्।
“यो हुनु थिएन, तर हामीले रिकभर गर्नु पर्छ र तेस्रो स्थानको लागि खेल जित्ने प्रयास गर्नुपर्छ। हामी दुखी छौं, हामी अर्को फाइनलमा पुग्न चाहन्थ्यौं। हामीले अर्जेन्टिनालाई बधाई दिनैपर्छ,” आफ्नो अन्तिम विश्वकप खलिरहेका ३७ वर्षीय स्टारले भने। म्याड्रिडिस्टाले रेफ्रीद्वारा गरिएका दुई कार्यको आलोचना गरे, एउटा कर्नर जुन उनीहरूलाई प्रदान गरिएन र पेनाल्टी।
“हामी ठीक थियौं, खेल नियन्त्रण गर्दै थियौं र उक्त कर्नर जुन रेफ्रीले हामीलाई दिएनन् र पेनाल्टी, जुन मेरो लागि थिएन, सबै परिवर्तन भयो। अर्जेन्टिनी खेलाडीले बल प्रहार गरेर हाम्रो गोलकिपरसँग टक्कर खाए। मलाई विश्वास लागेन उनले त्यो पेनाल्टी दिए,” मोड्रिचले भने, “यसले खेल अलि परिवर्तन गर्यो। तर हामीले यसलाई परिवर्तन गर्न सक्दैनौं, हामीले रिकभर गर्नुपर्छ र अर्को खेल जित्ने प्रयास गर्नुपर्छ।”
मोड्रिचका लागि, तेस्रो स्थानका लागि खेल खेल्नु “दण्ड होइन”, किनभने क्रोएसियाका लागि खेल्नु भनेको कहिल्यै दण्ड नहुने उनले बताएका हुन्। उनले भने, “हामीले उत्कृष्ट विश्वकप खेल्यौं र अहिले खेलमा कांस्य दाँवमा छ र हामीले आफूलाई तयार गर्नुपर्छ, किनभने यदि हामीले यो पायौं भने त्यो पनि राम्रो सफलता हो।”
मोड्रिचले मेस्सीले यो विश्वकप जित्नेमा आफू आशावादी रहेको पनि बताएका छन्। ७ पटकका ब्यालोन डी ओर विजेता ‘फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् र उनी यसको हकदार छन्’ भन्दै पूर्व टोटनह्याम स्टारले मेस्सीले विश्वकप जित्ने आशा राखका हुन्।


Comments