फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे २०२२ काे विश्वकप उपाधि

 अर्जेन्टिना फ्रान्सबिचको खेलमा फ्रान्सलाइ हाराउदै अर्जेन्टिना बिश्वकप २०२२ को उपाधि बिजेता बनेको छ । केलियन एमबाप्पेले १ सय १८ मिनेटमा विश्वकपकाे फाइनलमा ह्याट्रिक गाेल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन्। । अर्जेन्टाइन निकोलस ओटामेन्डीले रान्डाल कोलो मुआनीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा एम्बाप्पेले पहिलो गोल फर्काएका थिए।

यो संगै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबल फाइनलमा फ्रान्स विरुद्ध मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् । जारी विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् ।


त्यसको एक मिनेट नबित्दै मार्कस थुरामको पासमा एम्बाप्पेले शानदार फिनिसिङ गर्दै खेल नाटकीय बराबरीमा ल्याएका हुन्। अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र अ‍ोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान ह्युगो लोरिसलाई गलत दिशामा पठाउँदै अर्जेन्टिनालाई अघि बढाए ।३६ अ‍ौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।८० अ‍ौं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । फ्रान्स र अर्जेन्टिनाले यसअघि विश्वकपमा तीन पटक खेलिसकेका थिए ।

Comments