अमेरिकी फोटो पत्रकारले हिम चितुवाको निकै राम्रो फोटो खिचेकै हुन्, त्यसमा दुई मत छैन। र, उनीहरूले प्रयोग गर्ने इक्विपमेन्ट, पाउने एक्सपोजर र पैसाको पनि कुरा छोडदिउँ हाम्रोमा तुलना हुँदैन। तर, नेपालका फोटो पत्रकारले के खिच्छन् ? भनेर खिसिट्युरी पारामा आएका कमेन्ट देख्दा अचम्म लाग्यो।’
उनले सामाजिक संजालमा संजालमा लेखेका छन्, ‘ यो हिम चितुवाको फोटो नेपाली फोटो पत्रकार चुङ्बा शेर्पाले खिचेका हुन्। उनले मनाङमा ४,६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर यो फोटो खिचेका हुन्। उनले नै हालै नेपालमा रहेको जंगली याकको फोटो पनि खिचेका छन्।’
नेपालीले खिचेको हिउँ चितुवाको तस्बिर झनै प्रष्ट र आकर्षक देखिन्छ । निक्कै नजिकबाट जोखिम मोलेरै फोटो खिचेको देख्न सकिन्छ ।त्यस्तै रोशन तिवारी नामका फेसबुक प्रयोगकर्ता रोशन तिवारीले घलेले फोटो खिच्न पत्रकार नै हुनुपर्दैन भन्दै विदशीलाई महान र नेपाललाई हेयको दृष्टिले नहेर्न आग्रह गरेका छन् ।
अमेरिकीले हिम चितुवाको फोटो नेपाल आएर खिच्यो । यता नेपाली, नेपाली पत्रकार चाहिं कुन्नि केमा ब्यस्त भन्दै हरेक चिजलाई नेपालीसित जोडेर होच्याउने फेसबुके दिमाख सट्केका हो, ल हेर, नेपालीपनि कम छैनन् । हिम चितुवाकै फोटो हो यो ।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘टासी आर घलेले खिचेको ।
दिमाख अलिकति बाहिरी संसार, किताब, रिपोर्ट पढ्न लगाउन नसकेपनि, अलि आँखाको स्टेरिङसम्म घुमाउ फेसबूकमै भएपनि । देखिन्छ १ फोटो खिच्न पत्रकारनै हुनुपर्दैन । जसले खिचेर देखाएपनि हुन्छ १ समस्या के हो भने नी, तिम्रा दिमाखले अमेरिकी, बेलायती, जापानी र अन्य बिदेशीको काम महान ठान्छ । नेपालीको हेयले हेर्छ !’पत्रकार प्रशान्त लामिछानेले पनि नेपालीले खिचेका तस्बिर सामाजिक संजालमा सेयर गरेका छन् ।

Comments