फेवातालमा भेटियो काठमाडौंकी अस्मिताको श’व

काठमाडौं । पोखरामा २५ वर्षीया अस्मिता खत्रीको शव फेला परेको छ । अस्मिता शुक्रबार मृ’त अवस्थमा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा उनको शव फेला परेको प्रहरीले उल्लेख गरेको छ । अस्मिताको स्थायी घर रामेछापमा पर्छ । उनी हाल काठमाडौंमा बस्दै आएकी थिइन् ।अस्मिता गत आइतबार फेवा तालमा डुङ्गामा चढीरहेको अवस्थामा लाईफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी थिइन् । उनको वडा प्रहरी कार्यालय बैदाम र डि.एम.गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको प्रहरीले जनाएको छ ।उता, पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित खेतमा वतन नखुलेकी ४५ वर्षीया बल सुब्बा गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यो पनि- सप्तरीको छिन्नमस्तास्थित कृषि फार्ममा आगलागी, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा आज आगलागी भएको छ । आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चालक गोविन्दाकुमार मण्डलले जानकारी दिए । आगलागीको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले बताए ।

Comments