डिभोर्स भएपछि जेरी जुनकीरी दोहोरी घरमा उपस्थित सधैं हाँस्दै हसाउँदै दोहोरी गाउँने जेरीले सुरुदेखि अन्त्यसम्म आँसुमा रुमलिदै गाएपछि…
दोहोरी विशेष गरेर नेपालको मौलिक गीत हो। दोहरीगीत दुई पक्ष बीचको गीतहरूको सवाल जवाफ हो। नेपालका प्रायः सबै ठाउँमा दोहरीगीत गाएको सुन्न पाइन्छ। मेला, पाखा, रोदी, चौतारी, विवाह आदि उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदि बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्।
तर केहि दिन यता लाइभ दोहोरीमा पहिल्यैदेखि बहुचर्चित जेरी डिभोर्सपछि झन् धेरै डिमान्डेड बनिरहेकी छन् । एउटा दोहोरी गाएको १० देखि १५ हजार रूपैयाँ लिने उनले, डिभोर्सपछि मात्रै ६० भन्दा बढी दोहोरी गाइसकेको बुझिएको छ । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् ।
सबै दोहोरीमा एउटा कुरा साझा छ, जेरीको पीडा र आँशु । आफ्नो वास्तविक कथालाई स्रोतामाझ पोखेर जेरी हलुंगो हुन खोजेकी हुन सक्छिन् । दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ।
दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्। दोहरी गीतका गीतहरू तत्काल सिर्जना गरिएर गाउने गरिन्छ। दोहरी गीत युवा युवा बीच, युवती युवती बीच र युवती युवती बीच गाइन्छ।दोहोरी दोहोरो भन्ने शब्दबाट आएको हो।
दोहोरो भन्नाले दुई तर्फबाट भन्ने बुझिन्छ। तसर्थ दोहोरी गीतमा दुई तर्फबाट आएका सङ्गीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने बुझिन्छ। विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर। तथापि पछिल्लो पटक दोहोरी रेकर्ड गरेर पनि बजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लिइरहेका छन्।
यसैक्रममा डिभोर्स भएपछि पहिलोपटक गायिका बबिता बानियाँ जेरी जुनकीरी दोहोरी घरमा उपस्थित भएकी थिइन तर दोहोरी कार्यक्रम सोचेजस्तो भएन । सधै हाँस्दै हाँस्दै दोहोरी गाउने जेरीले सुरु देखि अन्त्यसम्मै आँसुमा रुमलिएर दोहोरी गाईन ।

Comments