हेर्नुहोस् फागुन १९ गते शुक्रबार (मार्च ३ तारिख) को राशिफल, हलेसी महादेवले सबैको रक्षा गरुन् !

 

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ फागुन १९ गते शुक्रबार (इश्वी सन २०२३ मार्च ३ तारिख) फागुन शुक्ल पक्ष एकादशी तिथी पुनर्वशु नक्षत्र सौभाग्य योग भद्रा करण चन्द्रमा मिथृन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा लुम्व योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु आमलकीएकादशीव्रत ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामुहिक कार्य गर्न मन जानेछ । पुराना मित्रहरुसंगको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्धि हुनेछ । बौद्धिक व्यक्तिहरुको संगतले नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ । सभा सम्मेलन जस्ता कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामान्य आर्थिक अभाब झेल्नु पर्ला । सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनसंगको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिरहेको कार्यमा झनै सफलता पाइनेछ । नजिकका साथीभाईका कारण अपुरा कार्यहरुमा सफलता पाइनेछ । शारिरिक आलस्यपन हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आय आर्जनका क्षेत्र मध्यम रहेको छ । ब्यापार व्यावसायका लागि उत्तम समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तविच भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार व्यावसायका क्षेत्रमा मध्यम रहेको छ । यात्रा गर्दा विशेष ख्याल पुर्याउनु होला । सामान्य झमेलामा फसिने अवस्था श्रृजना हुन सक्नेछ । साझेदारी लगानी नगरेकै राम्रो हुनेछ । मान्यजनहरुको सहयोगमा कार्य सफल हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । पारिवारिक स्वास्थ्य समस्याले सताउनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । शारिरिक आलस्यताले सताउनेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामान्य झमेलाको सामना गर्नु पर्ने हुनछ । याात्रा गर्दा विशेष ख्याल गर्नुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछन् । अरुको विश्वासमा काम नगरेकै बेश हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ लगानीबाट दिर्घकालिन फाइदा मिल्नेछ । बौद्धिक व्यक्तिहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । आम्दानी बढ्ने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरुको कुरामा बिशेष ध्यान नदिनु होला । साझेदारी लगानी गर्दा सामान्य झण्झड आइपर्न सक्छ । सामुहिक कार्य गर्न मन जानेछ । सामाजिक कार्यमा जुट्ने अबसर प्राप्त हुनेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा समस्या देखा पर्न सक्छ । नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभाव बढ्नुको साथै अपुरा कार्यहरु बन्नेछन् । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । नसोचेको व्यक्तिबाट धोका पाइन सकिनेछ । आर्थिक क्षेत्र मध्यम रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोग पाइनेछ ।

Comments