अन्तत कलाकार बीएस राणाकी पत्नी र छोरीलाई उद्धार गरि उपचारका लागि हस्पिटल लगियो (भिडियो सहित)

 


काठमाडौं – स्व.अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरिएको छ । मानसिक समस्याका कारण दयनीय अवस्थामा पुगेका बीएस राणाकी पत्नी र छाेरीको नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेको छ। उहाहरुलाई उद्धार गरेर उपचारका लागि सातदोबाटोस्थित एक मानसिक अस्पतालमा भर्ना गरिएको छ ।

अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेको हो भने अब सोही संस्थाले आश्रय समेत दिने भएको छ । उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए ।

राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् ।राणाकी जेठी छोरी नन्दनीलाई पनि उपचार र व्यवस्थापनको जरुरी रहेको अभिनेता श्रेष्ठले जानकारी दिए ।

उनीहरुको उपचारका लगाी सहयोग रकम जुटाउन लागिएको अभिनेता श्रेष्ठले बताए । अभिनेत्री सुरक्षा पन्तले पनि सघाउने वचन दिएकी छन् । अभिनेता राणाले बसन्ती, बलिदानजस्ता चर्चित फिल्ममा काम गरेका थिए ।

Comments