भुकम्प गएको पाँच दिनपछि १० दिनको बच्चासहित सिंगो परिवारको जिवितै उद्धार

 

इस्तानावुल । भुकम्प गएको पाँच दिन पछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ ।टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चार माध्यमले जनाएका छन ।

उता, भुकम्प गएको चार दिन पछि चमात्कारिक रुपमा १० दिनको बच्चासहित उनको आमालाई जिउँदै उद्धार गरिएको छ । यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनवाट आमासहित उद्धार गरिएको हो । उद्धारकर्मीहरुले विस्तारै विस्तारै भग्नावशेषवाट आमा छोरालाई उद्धार गर्ने बितिक्कै थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका थिए ।

चार दिन पछि जिउँदै फेला परेकी आमा होसमा भए पनि बोल्न सक्ने अवस्थामा थिइनन । उनीहरुको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भईरहेको छ । टर्की र सिरियामा गएको ७.८ रेक्टरकाे भुकम्पमा परी अहिलेसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्टिय सहायताका निम्ति अपिल गरेको छ ।

उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनले भुकम्पमा ज्यान गुुमाउनेको संख्या २० हजार भन्दा बढी हुन सक्ने भएकाले विश्वभरीवाट आपतकालिन उद्धार र राहातका लागि अनुरोध गरेको थियो । भग्नावशेषमा पुरिएका कतिपयको अझै उद्धार हुन सकिरहेको छैन । राहत तथा उद्धारका प्रयास भइरहेका छन् भने हराइरहेकाहरुको खोजी पनि भइरहेको छ । आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना गरेका छन् ।

तर, राष्टपति एर्दोगानले भने सरकारको बचाउ गर्नु भएको छ । उहाँले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गर्दै स्थिति नियन्त्रणमा नै रहेको दाबी गर्नु भएको छ । आलोचकहरुले राहत र उद्धारको काम छिटो छरितो हुन नसकेको र सरकारी तयारी पनि प्रभावकारी नभएको प्रतिक्रिया दिएका छन् ।

Comments