पशुपतिमा एक दृश्यले सबैका आखा रसाए : जब यी बाबाले आफनो वृद्ध भत्ता बाँड्न थाले, भारतीय बाबाले रुदै खुट्टा ढोगे (भिडियो सहित)

काठमाण्डाै – महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइ गरिएको छ । बिहान ११ बजेपछि पशुपति प्राङ्गणबाट बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार ४ हजारभन्दा धेरै साधु सन्तको बिदाइ गरिएको थियो ।
शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ । भारत लगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।
साधुसन्तको दक्षिणाका लागि ८ देखि १० लाख रुपैयाँ छुट्टाइएको पनि कोषले जनाएको छ । पोहोर र परारको तुलनामा यसपालि पशुपतिमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ । साथै, त्यहाँ आफुलाई बाबा बताउने एक बृद्ध बाबाले आफनो वृद्ध भत्ता बाँढेको देखियो ।
सबै बाबाहरुलाई आफनो वृद्ध भत्ता बाँढीरहेको देखेपछि देख्ने सबैको आखा रसाएका थियो । भारतीय बाबाहरुले त उनलाई रुदै खुट्टा ढोगेका थिए । यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा सङ्कलन भएको भेटीको गणना सुरु भएको छ । हिजोदेखि भेटी गन्न थालिएको र गणना सक्न अझै ५–६ दिन लाग्ने कोषले जनाएको छ ।
यसपालि १५ लाख रुपैयाँ भेटी सङ्कलन भएको हुन सक्ने अनुमान गरिएको छ । अस्ति शनिवार परेको महाशिवरात्रिमा १५ लाखभन्दा धेरै भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
Comments