आफ्नो हात चलाउन सक्ने अवस्थासम्म पनि मारियमले भाइलाई जोगाउन हरसम्भव प्रयास गरिरहिन

 

मारियमले आफू र भाइलाई जोगाउन हरसम्भव प्रयास गरिरहेकी थिइन्, उनको भाइको नाम हो इलाफ, इलाफको अर्थ हुन्छ– सुरक्षा, आफ्नो हात निष्फिक्री चलाउन सक्ने अवस्थामा रहेकी उनले भाइलाई जोगाउनदा अहिले संसार भरि चर्चा चलेको छ । अघिल्लो दिन परिवारसँगै सकुशल सुतेका थिए, यी दिदीभाइ । भोलिपल्ट बिहानैको शक्तिशाली भूकम्पले उनीहरूको घर पनि तहसनहस बनाइदियो ।

उत्तरी सिरियामा कंक्रिटमा चेपिएर बसेका यिनै दिदीभाइको तस्बिर/भिडियो अहिले भाइरल बनिरहेको छ । उद्धारका लागि आग्रह गरिरहेको दृश्यले धेरैको आँखा रसाएका छन् । भूकम्पले भग्नावशेष बनेको टर्कीको कारामनमरास सहर र उत्तरी सिरियामा भत्केको घरमा च्यापिएका दिदीभाइ, उनीहरूको ३६ घण्टापछि उद्धार गरिएको थियो। ‘मलाई यहाँबाट बाहिर निकाल्नुस्, बरु म तपाईंका लागि जे पनि गर्न तयार छु ।

म तपाईंको नोकर हुनसमेत तयार छु,’ भवनको भग्नावशेषले च्यापिइरहेको अवस्थामा मारियम नाम गरेकी यी बालिका अनुनयविनय गरिरहेकी देखिन्छिन् । उद्धारकर्ताले खिचेको भिडियोले उनीहरूले गरेको आग्रह हृदयविदारक त छ नै, यसले त्यहाँको दर्दनाक अवस्थालाई पनि चित्रण गरेको छ । उत्तरी सिरियामा भत्केको घरमा च्यापिएका दिदीभाइ, उनीहरूको ३६ घण्टापछि उद्धार गरिएको थियो। भिडियोमा मारियम र इलाफलाई सकुशल उद्धार गरिसकेपछि त्यहाँका स्थानीयहरू खुसीले चिच्याइरहेका थिए । एउटा हातले सँगै च्यापिइरहेका भाइको टाउकामाथि हात राखेर उनले सुरक्षा दिइरहेकी थिईन ।

अहिलेसम्म टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । अन्तरराष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने बताएको छ । सिरिया र टर्कीका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल वाहन राहत सामग्री लिएर टर्कीएको सिमाना पार गरेर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तरराष्टिय सहयोग हो । टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ ।

यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । बेलायतलगायत देशले टर्कीए र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् । अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थमन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।

Comments