
यस वर्षको महाशिवरात्रि भोलि (शनिबार) मनाइँदै छ ।महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।यसैगरी, आज (शुक्रबार)देखि आइतबारसम्म पशुपति शङ्कराचार्य पूजन महोत्सव कार्यक्रम राखिएको छ ।
यस कार्यक्रममा सहभागी हुन पुरी मठका जगतगुरु शङ्कराचार्य सरस्वती निश्चलानन्द स्वामी पशुपति मन्दिर आइपुगिसकेका छन् ।
पशुपति परिसरमा महाशिवरात्रिको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो ।
Comments