
काठमाडौं । गायक शंकर क्षेत्री र भाइरल टेलरवाली भनेर चिनिएकी निशाले नयाँ म्युजिक भिडियोमा सहकार्य गरेका छन् । श्रीमती बबिता बानिया जेरीसँग कानुनी रुपमा अलग्गिएर बसेका शंकर क्षेत्री लामो समयपछि नयाँ गीत लिएर दर्शक सांगीतिक बजारमा फर्किएका हुन् ।
दुलहा दुलहीको पहिरनमा भेटिएका शंकर क्षेत्री र भाइरल टेलरवाली निशाले मिडियामा दोहोरी गाउँदै रमाइलो कुराकानी समेत गर्न भ्याए । उनिहरुले पर्दामा नभई वास्तविक जीवनमै बिहे गरेका जसरी मिडियामा कुरा गर्न समेत पछि परेनन् । भिडियो तल राखिएको छ हेर्नुहोस् ।
यो पनि/ अन्य समाचार- लोक गायिका टिका पुनको साङ्गीतिक साँझमा कलाकार देखि मन्त्री सम्म आउने! टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउने भएको छ । कार्यक्रमको आयोजक संस्था संस्था दर्पण संङ्गीतालयले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी माघ २१ गतेदेखि उक्त सांगीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने जानकारी गराएको हो ।
कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने कार्यक्रमका संयोजक मोतिराम खड्काले बताए ।
टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक राजु परियार लगायतका गायकहरुले साथ दिने बताइएको छ । आजको कार्यक्रमका प्रमुख अतिथि लोकदोहोरी गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझ पहिलो र अविश्मरणीय हुने विश्वास दिलाए ।
‘टीका पुन साङ्गीतिक साँझ यो पहिलो हो । अविश्मरणीय पनि हुनेछ भन्नेमा म विश्वस्त छु । टीका पुनका उत्कृष्ट गीतहरुले त्यहाँ स्थान पाउने छ’ उनले भने । गायक परियारले टीका पुन साङ्गीतिक साँझमा आफ्नो तर्फबाट सबै किमिसका सहयोग रहने बताए ।
कार्यक्रमका अर्का वक्ता गायक अमृत खातीले टिका पुन साङ्गीतिक साँझले नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा ईँटा थप्ने बताए । टिका पुनका गीत मान्छेको भावना, मन र आस्थासँग जोडिएको भन्दै उनले यस कार्यक्रममा सहभागी भएर भव्य र सभ्य रूपमा सफल गराउन पनि सबैसँग आह्वान गरे ।
अर्का वक्ता लोकदोहोरी गायक कृष्ण कँडेलले टीका पुनलाई सबै क्षेत्रको सहयोग हुने बताए । टीका पुन साङ्गीतिक साँझलाई उनले सफलताको शुभकामना दिएका छन् । पुनका गीत सबैको रोजाइमा रहेको उनको भनाई छ । टीका पुन साङ्गीतिक साँझलाई एक ऐतिहासिक कार्यक्रम बनाइदिन पनि उनले सबै संगीतप्रेमी महानुभावहरुसमक्ष आग्रह गरेका छन् ।
साथै, फरक प्रसंगमा उनले मिडियालाई अझ सचेत भएर समाचार प्रकाशन प्रसारण गरिदिन पनि आग्रह गरे । सचिन परियारको घटनामा मिडियाले नराम्रा–नराम्रा शीर्षक राखेर प्रसारण गरेको भन्दै उनले गुनासो पोखे । ‘सचिनका बाबुले त केही भनेका थिएनन् तर मिडियाहरुले झगडा गरेको भनेर आयो,’उनले भने ।
टीका पुन एउटा युग हाँक्ने गायिका भएको उनको दाबी छ । उनले टिका पुनको आवाज राम्रो भएको भन्दै पुनलाई दुलर्भ प्रतिभाको धनी गायिकाको रुपमा चित्रण गरे । ‘सुदूरपश्चिमदेखि सुदूरपूर्व सम्मका लोक भाका गाउने दुर्लभ मान्छे हुन् टीका पुन । नारायण रायमाझीसँग पनि गाउनुभएको छ । राजु परियारसँग पनि गाउनुभएको छ । उहाँले शम्भु राईसँग पनि गाउनुभएको छ । एउटा युग हाँक्ने गायिकालाई म तन, मन, धन र दिलैदेखि साथ दिन्छु,’ उनले भने ।
साथै, आफ्नो नेतृत्वमा रहेको इन्द्रेणी कार्यक्रम सेवा, सन्देश र मनोरञ्जनको त्रिवेणी भएको पनि सुनाए । आगामी एक सय वर्ष नेपालको लोक संस्कृति र मौलिक कला नमर्ने उनको दाबी छ । पहिले बुढापाकामात्रै आफ्नो फ्यान भएको र अहिले बच्चा, बृद्धदेखि युवालेसमेत आफूलाई साथ दिइरहेको उनले बताए । सो क्रममा टीका पुनले माघ २१ को कार्यक्रममा सहभागी भएर यसलाई भव्य र सभ्य रुपमा सफल गराइदिन सबै समक्ष आग्रह गरेकी छन् ।
Comments