हेर्नुहोस् फागुन १२ गते शुक्रबार (फेब्रुवरी २४ तारिख) को राशिफल हेर्नुहोस्, पाथीभरा माताले सबैको रक्षा गरुन् !
आज श्री शाके १९४४ बि.स.२०७९ फागुन १२ गते शुक्राबार (इश्वी सन २०२३ फेब्रुवरी २४ तारिख) को राशिफल हेर्नुहोस्ः
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको थालनीका लागि आट, शाहस बढ्नेछ । सबारी साधनको यात्रामा विशेष ख्याल गर्नुहोला । वाणीका कारण केही विवाद उत्पन्न हुन सक्दछ । अधिक परिश्रमबाट मात्र कार्य सफल हुनेछ । अधिक खर्च हुने योग रहेको छ । आफन्तको साथ, सहयोग पाउनु हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बोलीको प्रभावमा बृद्धि आउनेछ । नयाँ कार्यमा आट, शाहस आउनेछ । ब्यापार व्यावसायमा आम्दानी बृद्धि हुन सक्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । नजिकका व्यक्तिहरुसंगको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जीवनसाथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धिहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । मनोरञ्जनात्मक कार्य मन जानेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्धत पूग्नेछ । शारिरिक आलस्यपनले सताउनेछ । पारीवारिक साथ सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनोरञ्जनजन्य कार्यमा बढि समय व्यतित होला । पारिवारिक साथ सहयोगमा कमी आउन सक्ला । गरिरहेको कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्य गर्न मन जानेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त होला । सभा सम्मेलन जस्ता स्थानमा मान सम्मान मिल्नेछ
।बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसंगको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीला हुने छ । अरुका कारण सामान्य अप्जस सहनु पर्ला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामुहिक कार्य गर्न मन जानेछ । अरुका कारण आफुले सामान्य अपजस सहनु पर्ला । शारिरिक आलस्यताले सताउन सक्नेछ । खर्च बढ्ने योग रहेको छ । मानसिक चिन्ताले सताउला । बोलीको प्रभावमा कमी आउनेछ । नजिकका व्यक्तिहरुसंग दुरी बढ्न सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मानसम्मान प्राप्त हुने योग रहेको छ । कार्य सम्पादनका लागि सावधानी अपनाउनु होला । कुरा काट्नेहरुको संख्यामा बृद्धि आउला । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । ब्यापार व्यावसायमा मनग्य लाभ प्राप्त हुनेछ । सफलताका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला । सामुहिक कार्य गर्न मन जानेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आट, शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्ष सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । निर्णय लिने क्षमतामा कमी आउला ।

Comments