मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य प्रतिको लगनसिलतामा बृद्धि हुनेछ । आम्दानीको क्षेत्रमा मध्यम रहेको छ । इष्टमित्र भेटघाटको अवसर प्राप्त हुनेछ । सामान्य खर्च बढ्नेछ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौद्धिक क्षेत्रका ब्यतित्वहरुसंगको संगतबाट मन प्रशन्न रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारी लगानीको गरिरहेको कार्यमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेको छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बोलीको प्रभावमा बृद्धि हुनेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सवारी साधन चलाउँदा विशेष ख्याल पुर्याउनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोगबाट सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । आय मुलक नयाँ कार्यको थालनि हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य तिक्तता आउन सक्नेछ । परिवारको खासै सहयोग पाइने छैन ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ । नेतृत्व लिने क्षमतामा बृद्धि आउनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सहयोगबाट गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । एक्लोपनको महसुस हुनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जीवनसाथीसंगको सम्बन्धमा थप सुधार आउनेछ । आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्नेछ । बिलासीको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धात्मक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । नउठेको पैसा उठाउनका लागि उत्तम समय रहेको छ । साथीभाईको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मनोबिलासी साधनको खरिद गर्न मन जानेछ । बोलीको प्रभावमा कमी आउनेछ । दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्धमा दुरी आउन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीका कारण आफन्तहरुसंगको सम्बन्धमा दुरी बढ्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तत्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ला । प्रतिस्र्धात्म कार्यमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ब्यापार ब्यावसायमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । मित्रजनहरुबाट साथ, सहयोग पाउनु हुनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ । साझेदारी लगानीका लागि नसोचेकै बेश हुनेछ । प्रेम सम्बन्धमा थप सुधार आउनेछ ।

Comments