दीपा दीपकको अंगालोमा जितुको आँखामा आँशु, साम्राज्ञीले सम्हालिन आफुलाई (भिडियो सहित)

 

काठमाडौं – मंगलबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्र ‘ह्यारीकी प्यारी’को प्रिमियर गरियो। प्रिमियरमा उपस्थित सबैले चलचित्र समग्रमा राम्रो बनेको भन्दै प्रशंसा गरे।

दुई फरक समाजमा हुर्किएका पात्रको सम्बन्धको कथामा निर्माण भएको फिल्मले हाँसो र रुवाइको समिश्रण रहेको दर्शकको प्रतिक्रिया थियो। चलचित्र हेर्न गएका अधिकांशले चलचित्रको प्रशंसा गरिरहँदा चलचित्र निर्देशक दीपाश्री निरौलाले भने चलचित्र र नायक जितु नेपालको प्रशंसा मात्र गरिनन्, आफू रोएको समेत बताइन्।

‘जितुको अभिनयको म पहिलादेखि नै फ्यान हो, जितुलाई पहिला मैले अभिनय गराउँदा पनि उ र म सँगसँगै रोइराका हुन्थ्यौं,’ उनले भनिन्, ‘जितु जब छोडेर हिँड्छ, ऊ बाहिर जाँदा आँखाभरी आँशु भएँ म। उसले अभियनमा बाँधेर राखेको भएर म पग्लिएँ नि!’

दीपाश्रीले यति भन्दै गर्दा जितु नेपालको आँखा रसाएको थियो, आँशु छचल्किएको थियो। सञ्चारकर्मीले जितुजीको आँखा रसाइरहेका छन् नि त भनेर सोध्दा उनले हाँसेर टार्ने प्रयास गर्दै भने, ‘अलि सिरियसै छु म आज। रोइ नै दिऊँ कि क्या हो म।’ दीपाले साम्राज्ञीको अभिनयमा सुधार भएको भन्दै समग्र फिल्मको तारिफ गरिन्।

Comments