
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) – मेष राशिको जातकको लागि आजको दिन आम्दानी हुनेछ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा श्री प्राप्ति हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ त्यसैले ध्यान दिनुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईलाई शत्रुले समेत तपाईलाई सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि उत्तम हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नु ठीक होला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले सोचे अनुसारको काम हुनेछ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । परिवारमा विवाद हुनसक्छ बेलैमा होसियार हुनुहोला
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)त
पाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने तपाईको मनमा उर्जा थपिने छ ।
Comments