१०३ वर्षका बिलप्रसादले गरे १०० वर्षकि दिपकुमारी संग धुमधामसंग विवाह

 

१०३ वर्षीय वृद्ध विलप्रसाद पौड्यालले विवाह गरेका छन् । खबर हो नुवाकोटको चौघडाको ।जहाँको लिखु गाउँपालिका- ४ चौघडाका १०३ वर्षीय वृद्ध विलप्रसादले दोस्रो विवाह नभई नेपाली अर्थात् हिन्दू संस्कारअनुसार एक शतक उमेर पार गरेपछि पुर्नविवाह गर्नुपर्ने प्रचलन अनुसार पुर्नविवाह गरेका हुन्।

विसं १९७७ साल साउन १७ गते जन्मेका वृद्ध विलप्रसादका ६ छोरा, एक छोरी, ११ नाति, २२ नातिनी, ४९ जना पनाति, पनातिनी, एक जनतीसमेत गरी १०८ जना सन्नतीकै छन् । उनले आफ्ना सबै सन्ततीकै अगाडि गरेको विवाहका सबैजना साक्षाी बन्न पुगेका छन् ।

वृद्ध विलप्रसादले आफ्नै घरमा आयोजित विवाह समारोहमा आफ्नी धर्मपत्नि १०० वर्षीया दिपकुमारी देवकोटा ९पौड्याल० सँग गरेको पुर्नविवाह पुरोहित रामशरण खतिवडाले गराइदिएका हुन् । सो अवसरमा स्थानीयलाई भोज खुवाइएको थियो । उनकी पत्नि पनि हालै १०० वर्ष उमेर कटीसकेकी छिन् ।

Comments