
काठमाडौं । कुवेतमा रोजगारदाताबाट श्रम शोषणमा परेर बिरामी भएकी सिन्धुपाल्चोक बलेफि गाउँपालिका १ की रजिना कार्कीको सिधा कुरा जनतासँगको पहलमा उद्दार भएको छ ।
कुवेतको जिलिप भन्ने ठाउँमा बिरामी पर्दा उपचार नपाएर दुई महिनासम्म वेडमै थलिएकी उनी सोमबार नेपाल फर्किएकी छिन् ।रजिना बिरामी पर्दा घरमालिक र एजेण्टले न उनको उपचारमा चासो दिएका थिए न त नेपाल फर्काउन पहल नै गरेका थिए । त्यसपछि उनले आफ्नी दिदीलाई उद्दारका लागि विलौना गर्दैे भिडियो सन्देश पठाएकी थिइन् ।
रजिनाले पठाएको भिडियो सन्देश लिएर उनका आफन्तहरु कार्यक्रम सिधा कुरा जनतासँगको साहारा खोज्दै आइपुगेका थिए ।कार्यक्रमको ९६३औँ एपिसोडमा हामीले रिपोर्ट प्रशारण गरेका थियौँ । त्यसपछि उनलाई कुवेत पु¥याउने एजेण्ट मध्येका एक राम लामासँग लाइभ कार्यक्रममा जवाफ नै लिएका थियौँ ।
हाल कुवेतमै रहेका एजेण्ट लामाले आफुले नभइ पूर्णबहादुर सोटी मगरले रजिनाको बिचल्ली बनाएको दाबी गरेका थिए । र, यस्को दोष पूर्णबहादुरले नै लिनुपर्ने बताएका थिए ।नेपाल सरकारले कुवेत स्थित घरेलु कामदारको भिसा रोक लगाएको झण्डै ८ बर्ष भइसकेको छ । तर पनि दलालहरुले सेटिङ गर्दै कुवेतमा कामदारहरु पठाइ नै रहेका छन् । यस्ता गतिविधि रोक्न नेपाल सरकार, पररास्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत निकाय मुकदर्शक बनेका छन् ।
रजिनालाई पनि भिजिट भिसामा भारतको दिल्ली हुदैँ कुवेत पु¥याइको थियो । दलालहरुले नेपाली चेलीहरुलाई कुवेतीको घर बेच्ने अनि पैसा पाएपछि उनीहरुको अबस्था कस्तो छ ? भन्ने बारे चासो नै नदेखाउने गरेको पाइएको छ ।कामदार अप्ठ्यारोमा परे उद्दार गर्नुको साटो उल्टै कुटपिट गर्ने र धम्की दिने गरेको पाइएको छ । रजिना पनि यस्तै नियतीको शिकार भएकी थिइन् ।
छाती दुख्ने र बेला बेला मुखबाट रगत आउने समस्या रजिनमा देखिएको छ । उनलाई कुन रोग देखिएको हो ? त्यो भने एकिन भइसकोे छैन् ।सोमबार नेपाल फर्किएकी उनी अब आफ्नो उपचार गराउने छिन् । रजिना घर फर्किएपछि उनका आफन्त पनि खुसी भएका छन् ।रजिनाको उद्दारका लागि हामीले एनआरएनए कुवेतका पूर्व महासचिव, घेदुङ कुवेतका संरक्षक तथा प्रवास प्रदेश समितका उपाध्यक्ष निर्मल कुमार स्याङ्तानसँग सहकार्य गरिएको थियो ।(भिडियो)
Comments