हेर्नुहोस् फागुन १० गते बुधबार (फेब्रुवरी २२ तारिख) को राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !


 आज श्री शाके १९४४ बि.स.२०७९ फागुन १० गते बुधबार (इश्वी सन २०२३ फेब्रुवरी २२ तारिख) फागुन शुक्ल पक्ष द्वितिया तिथी पूर्वभाद्रपदा नक्षत्र साध्य योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारबाट खासै सहयोेग नपाइन सकिनेछ । विलासी सामानहरुको खरिद गर्न मन जानेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यको थालनी गर्नका लागि राम्रो रहेको छ । मानसम्मान मिल्ने योग रहेको छ । प्रियजनको सहयोगबाट अपुरा कामहरुमा सफलता प्राप्त हुनेछ । यात्रा गर्ने अवसर आउने छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य खर्चको सम्भाबना रहेको छ । सामाजिक कार्यमा मन जानेछ । सामुहिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढेर जानेछन् । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धैर्य गर्न सक्ने क्षमतामा बृद्धि हुनेछ । आय गर्ने कार्यको थालनी हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । पारिवारिक रुपमा मेलमिलाप हुनेछ । सभा सम्मेलन जस्ता कार्यमा बढि समय व्यतित गर्नु हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य दरार उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ । नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ । सामान्य स्वास्थ्यमा समस्या आउन सक्छ । अधिक मेहनतबाट मात्रै गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । मानसिक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ता बढ्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ । मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ । चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । सत्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ ।

Comments