फागुन ४ गते बिहीबार (फेब्रुवरी १६ तारिख) को राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !


 आज श्री शाके १९४४ बि.स.२०७९ फागुन ४ गते बिहिबार (इश्वी सन २०२३ फेब्रुवरी १६ तारिख) फागुन कृष्ण पक्ष एकादशी तिथी मूल नक्षत्र वज्र योग वव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा धुम्र योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु विजया एकादशीव्रत ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ब्यापार व्यावसायमा सामान्य रुपमा आम्दानीमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने हुन सक्नेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । कुरा काट्नेहरुको संख्या बृद्धि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुको मन जित्ने काम गनु हुनेछ । मान्यजनहरुबाट साथ सहयोग पाउनु हुनेछ । मनोरञ्जनमुलक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । बोलीको प्रभावमा कमी आउन सक्नेछ । बिलासी सामान खरिद गर्न मन जानेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । पारिवारिक सुख हुनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाजुभाईसंगको सम्बन्धमा सामान्य सुधार आउनेछ । कार्य गर्दा सामान्य झण्झट आई पर्न सक्नेछ । बिलासी सामान खरिद गर्न मन जानेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहेको छ । नयाँ खुसीको खबर सुन्न पाउनु हुनेछ । स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । नजिकका साथीभाईबाट धोका हुन सक्नेछ । समयको उचित सदुयोग गर्न नसक्दा मनमा खिन्नता हुनेछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सफल गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोगबाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलीको कारण साथि भाई टाढिन सक्छन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अकस्मात खर्च हुने हुँदा मन खिन्न हुनेछ । नजिकका व्यक्तिबाट धोका हुन सक्नेछ । नयाँ कार्यको थालनी गर्नका लागि खासै राम्रो समय रहेको छैन । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यबसायमा राम्रो रहेको छ । आफुभन्दा ठुला व्यक्तिहरुको साथ, सहयोग, माया पाउनु हुनेछ । दाम्पत्य जिवन शुखमय बित्नेछ । बोलीको प्रभावमा कमी आउनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्रजनको सहयोग प्राप्त हुनेछ । कामको गतिमा बृद्धि हुनेछ । परिवारका व्यक्तिहरुसंग कुरा नमिल्न सक्नेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जीवनसाथीसंगको सम्बन्धमा सामान्य खटपटको अवस्था आउन सक्नेछ । निरन्तर गरिरहेको कार्यमा राम्रो रहेको छ । सामान्य प्रयासबाटै कार्य सफल हुनेछ । बोलीको प्रभावमा कमी आउनेछ । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । नयाँ सामान खरिद गर्न मन जानेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ

Comments