शोभित बस्नेत भन्छन २ दिन दर्शक तान्न नसक्ने कलाकारले १८ लाख होइन, १ लाख ८० हजार पारिश्रमिक लिएहुन्छ

 

काठमाडौं – बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आइरहने निर्देशकमा पर्छन शोभित बस्नेत । लाखौं पारिश्रमिक लिने स्टारको फिल्मले पाँच शो पनि हाउसफुल गराउन नसक्ने भन्दै उनले अभिव्यक्ति दिएपछि यो विषयले खुबै चर्चा पायो । उनको यो भनाइ साम्राज्ञी शाहतर्फ नै लक्षित थियो ।

तिम्रो मेरो साथ’ फिल्म चलिरहेको बेला शोभितले यस्तो अभिव्यक्ति दिएका थिए । किने भने फिल्म हलमा दर्शकको अत्यन्तै न्युन थिए । फिल्मले राम्रो व्यापार गर्न सकेन् । साम्राज्ञीले पनि शोभितको यो कटाक्षमा प्रतिक्रिया दिंदै फिल्म हिट वा फ्लप हुने कुरामा कलाकार जिम्मेवार नहुने बताएकी थिइन् । बरु निर्देशक र कन्टेन्ट यो कुरामा जिम्मेवार बताएकी थिइन् ।

फेरी शोभितले अर्को एक अभिव्यक्ति दिएका छन् । उनले फिल्म हलसम्म दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र रहेको बताएका छन् । दुई दिन पनि पनि हलमा एक शो भर्न नसक्ने कलाकारले अब १८ लाख होइन, १ लाख ८० हजार पारिश्रमिक लिए हुने उनले बताएका हुन् ।

आइतबार जन्मदिन मनाउन आयोजित पार्टीमा मिडियासँग उनले भने, ‘पक्कै पनि विषयवस्तुले नै हो दर्शक हलसम्म तान्ने । तर रिलिज भएको बिहानै दर्शकलाई विषयवस्तु के हो भनेर कसरी थाहा हुन्छ ? यसैले दुई दिन हलमा दर्शक स्टारले तान्नुपर्छ । आइतबारदेखि भने विषयवस्तुले नै दर्शकलाई हलसम्म तान्छ । अहिले दर्शक तान्न सक्ने कलाकार भनेको अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र हुन् ।’

उनले केहि हप्ता पहिले पनि लेखेका थिए -‘हाम्रा हिरोइनहरु १८ लाख लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् ।’ उनको यो अभिव्यक्तिको समय र सान्दर्भिकता कता लक्षित छ भन्ने कुरा बुझ्न कठिन थिएन । शोभितले यस्तो लेखिरहँदा नेपाली हलहरुमा साम्राज्ञी शाहको ‘तिम्रो मेरो साथ’, प्रियंका र ऋचा शर्माको ‘चि मुसी चि’ र उपासनासिंह ठकुरीको ‘डिसेम्बर फल्स’ प्रदर्शन भैरहेको थियो ।

यी सबै फिल्मलाई हलमा दर्शक तान्न पनि सकस भैरहेको थियो । यो सन्दर्भमा आएको निर्देशक बस्नेतको अभिव्यक्तिले सामाजिक संजालमा बहस निम्ताएको थियो जसलाई अन्य फिल्मकर्मी पनि उत्रिएका थिए ।

Comments