आज श्री शाके १९४४ बि.स.२०७९ माघ २९ गते आइतबार (इश्वी सन २०२३ फेब्रुवरी १२ तारिख) को राशिफल हेर्नुहोस्ः
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्य स्वास्थ्यमा समस्या आउन सक्दछ । सामान्य आर्थिक अभावको सामाना गर्नु पर्ने हुन सक्दछ । सामाजिक कार्य गर्न मन जानेछ । मान सम्मान प्राप्त हुने योग रहेको छ । आट, शाहसमा बृद्धि हुनेछ । नयाँ कार्य गर्न मन जानेछ । दाजुभाईहरुसंग दुरी बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्यन अध्यापनका क्षेत्रमा राम्रो रहेको छ। सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पुर्याउनेछ । बौद्धिक ब्यक्तिहरुलाई अनुशरण गर्नाले दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरुबाट दिगो फाईदा हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रजनहरुको सहयोगबाट कार्य सफल हुनेछ । ब्यापार ब्यावसायमा साझेदार नगरेकै राम्रो हुनेछ । अधुरा कार्य पुरा हुने छन् । बोलीको प्रभाव बढ्नेछ । सामुहिक कार्य गर्न मन जानेछ । सभा सम्मेलनमा मान सम्मान मिल्नेछ । आफन्तजनहरुसंगको भेटघाटले मन प्रशन्न हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजनसंगको सल्लाहमा गरिएको कार्यमा विशेष लाभ प्राप्त हुनेछ । साथीभाईसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ । सामाजिक कार्यमा मन जानेछ । सामान्य खर्च बढ्न सक्दछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्रजनसंगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिस्पर्धिहरु कमजोर रहनाले तपाइलाई कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नु पर्ने हुन सक्दछ ।
तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा सामान्य झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरिएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दिर्घकालिन फाईदा दिलाउनेछ । हराएको माल सामान फेला पर्न सक्छ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढिला हुने हुँदा सामान्य अप्जस सहनु पर्ला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुराना साथीभाईहरुसंग भेटघाट गर्ने अवसरा प्राप्त हुनेछ । छिटो विश्वास गर्नाले धोका हुन सक्दछ । खर्च बढ्नेछ । मेहनत अनुसार सफलता पाउन गाह्रो पर्नेछ । ब्यापार ब्यावसायमा राम्रो रहेको छ । सामाजिक कार्य गर्न मन जानेछ । प्रतिस्पर्धात्म कार्यमा सफलता पाउनु हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ब्यापार ब्यवसायको क्षेत्रबाट आम्दानी बढ्ने योग रहेको छ । जीवनसाथीबाट भरपुर सहयोग मिल्नेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । मान प्रतिष्ठा बढ्नेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । आँट र शाहासको बृद्धि हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बोलीको प्रभावमा कमी हुनेछ । निर्णय लिने क्षमतमा बृद्धि हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । शत्रु सबल रहनेछन । मनमा चिन्ता बढ्न सक्दछ । साथीभाईहरुसंग दुरी बढ्न सक्दछ ।

Comments