विमान दुर्घटनामा परेकी युटुवर तथा मेकअप आर्टिस्ट संगीता शाहीको अन्तिम भिडियो, जसको युटुबमा छन् ६९ हजार बढी सब्स्क्राइबर

 

पोखरामा आज भएको यती एयरलाइन्सको बिमान दुर्घटना परी मेकअप आर्टिस्ट तथा युटुबर संगीता शाहीको निधन भएको छ । दुःखको यस घडीमा दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना !

साथै आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दु’ र्घटनामा परेको थियो। विमान दुर्घटनामा परि ३ जना अझैँ बेपत्ता रहेका छन् । सोमबार बिहानैदेखि गोताखोरलगायत उद्धार टोलीले खोजी कार्य अघि बढाए पनि ४ मध्ये एक जनाको शवमात्र फेला पारेको थियो ।

सोमबार थप एक शव फेला परेसँगै अझैँ ३ जनाको अवस्था अज्ञात रहेको छ । थप एकशव फेला परेसँगै ७२ मध्ये ६९ जनाको शव फेला परेको छ । अज्ञात तीन जनाको खोजी कार्य भोलि पनि गरिने बताइएको छ ।

यसैगरी विमान दुर्घटनामा निधन भएकामध्ये २४ जनाको शव परीक्षण पोखरामा हुने भएको छ भने बाँकी शवको परीक्षण काठमाडौंस्थित शिक्षण अस्पतालमा हुने जनाइएको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।


Comments