दुर्घटनाको केहि साता पहिले नै पाईलट केसीले देखेका रहेछन यस्तो चुनौती !

 

पुसको ७ गते पोखरा आन्तरिक विमानस्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट उडाएका थिए कमलले। आइतबार दुर्घटनामा परेको जहाज सोही दिन कमलले उडाएका थिए। डेमो फ्लाइट सफलतापूर्वक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै कमलले पोखराका डाँडाले बाधा पुर्‍याउने प्रतिक्रिया दिएका थिए।

पत्रकारसँगको अन्तर्वार्ताका क्रममा उनले अन्तराष्ट्रिय विमानस्थलमा तुलनात्मक रुपमा पोखरा केही जोखिम भएको वताएका थिए । ‘अन्तराष्ट्रियमा, अन्त त्यति डाँडाकाँडा हुँदैन, यहाँ चै वरिपरी सवै डाँडाकाँडा छ। अरु एयरपोर्ट हेरिकन अलिकती गाह्रो छ यहाँ’ उनले भनेका थिए–‘रनवेको लम्वाई पनि छोटो छ, वाहिरको लम्वाई अलि ज्यादा हुन्छ। यहाँ चै ८ हजार फिट मात्रै छ।

वाहिर चै १० हजारभन्दा वढि हुन्छ। काठमाण्डौं पनि १० हजार फिट हो। डाँडाकाडाले गर्दा अलिकति डिस्टर्व छ, अलिकति गाह्रो छ यहाँ।’उनको यो भनाईले आईतवारको विमान दुर्घटनामा प्राविधिक पक्षले पनि काम गरेको देखाएको छ। किनकी पाईलट केसी निकै अनुभवी मानिन्छन्। तर, अर्कोपटक कमलले सफल अवतरण गराउन सकेनन्। यतीको एटीआर ७२ विमान सेतीको खोंचमा खस्यो ।

एक पटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीका लागि आइतबारको दिन जीवनकै पहिलो पनि अन्तिम पनि दुर्घटना हुन पुग्यो । दुर्घटनाबारे थाहा पाए पनि कमलका बाबु विरेन्द्र केसीको कामना थियो ‘छोरा सकुशल होस्।’ दुर्घटनामा परे पनि छोराको जीवितै उद्धार हुने आशमा थिए विरेन्द्र। परिवारको जेठो सदस्य रहेका कमल पाइलट बन्दा माइलो भाइ इन्जिनियर र कान्छो डाक्टर बने । काठमाडौंको बुढानिलकण्ठका बासिन्दा ६० वर्षिय केसी अमेरिकाबाट पाइलट पढेर आएका हुन।

Comments