केही महिनाअघि भिम पौडेलकै घरमा गाएर इन्द्रेणी टिमले उनकी आमासंग गरेको थियो यसरि रमाइलो (भिडियो सहित)

 

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।केही समयदेखि विरामी गायक पौडेल घरमै आराम गरिरहेका थिए ।

उनको शुक्रवार दिउँसो पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई श्रद्धाञ्जली दिन आफू लगायतका थुप्रै कलाकारहरु रामघाटमा जम्मा भएको दोहोरीगीत प्रतिष्ठानका सचिव दाहालले बताए । केही लोकदोहोरी गीतमा स्वर दिएका पौडेल विशेषगरी लाइभ दोहोरीमा लोकप्रिय थिए । इन्द्रेणी कार्यक्रममा पुगेर उनले गाएका लाइभ दोहोरीले युट्युबमा लाखौं भ्युज पाएका छन् ।

उनले गतमहिना मात्रै आफ्नै युट्युब च्यानलमार्फत ‘रुमाल बैना’ बोलको गीत सार्वजनिक गरेका थिए ।गायक पौडेलको निधनमा थुप्रै कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । कामप्रति चासो दिन छोडेका भीमले एक महिनाअघि कृष्ण कँडेलको इन्द्रेणी कार्यक्रममा गएर एउटा गीत रेकर्ड गराएका थिए। भीमका भिनाजु राजन खत्रीले उनी २ महिनादेखि बिरामी परेको बताएका छन्।

राजन भन्छन् ‘२ महिनादेखि राम्रोसँग नखाने, एकोहोरो हुने जस्ता उनको त्यो शैलीले परिवार निकै चिन्तित थिए। त्यही लक्षणका कारण उनले आज परिवारलाई चिन्तामै छोडेर गए।’ २०४१ सालमा स्याङजाको पुतली बजारमा जन्मिएका भीमले २ वर्षको उमेरमा बुवा गुमाएका थिए। उनकी आमा अहिले ७८ वर्षकी भइन्। उनका ५ जना दाजु र ४ जना दिदी छन्।

उनी परिवारको कान्छो छोरा थिए। ‘उनले गीत गाउन आएका अफर आफूलाई सन्चो छैन भन्दै टार्ने गर्थे’ उनीसँगै थुप्रै दोहोरीमा स्वर मिसाएका गायक रबिन लामिछानेले सुनाए। भीम र रबिन निक्कै मिल्ने साथी हुन्। आजभन्दा केही महिना अगाडी भिम पौडेलको घरमा गएर इन्द्रेणी टिमले उनको जन्मदिने आमासंग गरिएको रमाइलो भिडियो कुराकानी ।

Comments