पाँचथरको फिदिममा आगलागी हुदा नन्द र भाउजुको मृत्यु, गाउले ले थाहा पाउँदा जलिसकेका थिए

 


काठमाडौं । पाँचथर जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको । एकै घरका नन्द–भाउजूको तत्काल उद्धार गर्न नसक्दा जलेर मृत्यु भएको हो । त्यस्तै दुईजना घाइते भएका छन् । मंगलबार राति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईको मृत्यु भएको हो ।

राति स्थानीय मेखबहादुर गुरुङको घरमा भएको आगलागीमा परी मृत्यु हुनेमा उनका कान्छी २२ वर्षीया छोरी ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिं थेवे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै घाइते हुनेमा मेघबहादुर र उनका छोरा वीरेन्द्र रहेका छन् । उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार विद्युत सट हुँदा आगलागी भएको हो । आगलागीबाट मेघबहादुरको घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबारे गाउँलेले ढिला गरी थाहा पाउँदा घरको माथिल्लो तला जलिसकेको थियो भने पूरै घरमा आगो दन्किरहेको थियो।

गाउँलेले थाहा पाउँदा नै नन्द ममता र भाउजु आसाङसिंहको जलेर मृत्यु भइसकेको थियो। कान्छी छोरी ममताको ९ वर्षअघि विवाह भएको थियो । ममता माइत आएकी थिइन् । भने दुई वर्षअघि मात्र कान्छी बुहारी आसाङसिंहको विवाह भएको थियो।

उनका श्रीमान् अजय ताप्लेजुङ गएका थिए। उनीहरूका सन्तान छैनन्। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। ‘बाक्लो गाउँ भए पनि रातको समय भएकाले आगलागीको घटना निकै पछि थाहा भएको गाउलेले बताए ।

Comments