हजारौ सपना बोकेर जापान पुगेका एक नेपाली विद्यार्थीको असामयिक निधन

 

जापान । जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको ओकिनावा प्रान्तमा अध्ययनका लागि आएका एक नेपाली विद्यार्थीको असामयिक नि’ धन भएको छ । प्राप्त जानकारी अनुसार नेपाल दागं जिल्ला भालुवागं घर भएका सन्देश आचार्यको जनवरी २९ तारिख बिहान असामयिक नि’ धन भएको हो ।

शनिवार रात एक नेपाली रेष्टुरेण्टमा साथिहरुसगै खाना खाएर फर्किएका आचार्य सुत्ने समयमा छाति दुखेको, असजिलो भएको बताएसँगै मु’ र्छित बन्न पुगेका थिए । तत्कालै एम्बुलेन्स बोलाएर उनलाई उपचारको लागि अस्पताल लगिएपनि उपचारको क्रममा चिकित्सकहरुले मृ’ त्युको घोषणा गरेको प्राप्त विवरणमा उल्लेख छ ।

मृ’ त्युको खास कारण थाहा हुन नसकेको र पो’ ष्टमार्ट’ म रिपोर्ट पछि मात्र थाहा हुनसक्ने उनि अध्ययन गर्दै आएको विद्यालय र एनआरएनए ओकिनावाका पदाधिकारीहरुले बताएका छन् । यद्यपी उनको मृ’ त्यु हृदयघा’ तबाट भएको हुनसक्ने अनुमान गरिएको छ ।

हाल मृ’ तक आचार्यको श’ व प्रहरी नियन्त्रणमा पो’ ष्टमार्ट’ मका लागि राखिएको छ । ढिलोमा सोमबार बिहानसम्ममा पो’ ष्टमार्ट’ म रिपोर्ट आउने बताइएको छ ।सन् २०२२ को अप्रिलमा जापान भाषा विद्यार्थीको रुपमा आएका आचार्य ओकिनावाको जेसिएस भाषा विद्यालयमा दिवा कक्षामा अध्ययनरत थिए ।

आचार्यको नि’ धनपछि योकोहामामा बस्दै आएका दिदि भिनाजुलाई विद्यालयले बोलाएको र उहाँहरुलाई विद्यालयले घटनाबारे जानकारी उपलब्ध गराउनुका साथै पो’ ष्टमार्ट’ म रिपोर्ट आएपछि जानकारी गराउने भएको छ । दुःखद घटनाको बारेमा नेपालस्थित मृ’ तक आचार्य परिवारलाई समेत जानकारी गराइसकिएको बुझिएको छ ।

यो पनि/ अन्य समाचार- जापानमा भारी हिमपात हुदा यातायात अवरुद्ध, भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् ।

बाक्लो तुषारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही सेवामा विलम्ब भएको छ । बुलेट रेलसेवाको हालत पनि यस्तै छ । इष्ट जापान रेलवे कम्पनीले तोहोकु– शिङ्कासेन सेवाका साथै यामागाता– शिङ्कानसेन सेवा बुधबार बन्द रहने जनाएको छ ।

तोकाइदो र सान्यो शिङ्कानसेन क्षेत्रका प्रमुख रेलसेवा बन्द भएका छन् । परिस्थितिको विश्लेषण गरेरमात्र सेवा पुनः शुरु गरिने रेल सेवाका अधिकारीले बताएका छन् । हिउँ हटाउन राष्ट्रिय राजमार्ग पनि बन्द गर्नुपर्ने अवस्था आएको यातायात मन्त्रालयले जनाएको छ ।

चालकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन सञ्चालन नगर्न आदेश दिइएको छ । हिमपातका बेला प्रयोग गरिने टायर प्रयोग गर्न पनि गाडीका चालकलाई मन्त्रालयले आग्रह गरेको छ । जापानको जल तथा मौसम विज्ञान विभागले देशको तापक्रम अझ घट्ने जनाएको छ ।

Comments