सन्दीप लामीछाने घर पुगेर वुवा आमालाई भेट्दा चल्यो रुवावासी, गरियो यसरि भब्य स्वागत (भिडियो सहित)


काठमाडौं
। नाबालिग जबर्जस्तीकरणी आरोपमा जेल चलान भएका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार धरौटी बुझाएर थुनामुक्त भएका छन् । २० लाख धरौटीमा अदालतको ५ बुँदे शर्तसहित सन्दीप थुनामुक्त भएका हुन् । थुनामुक्त भएका सन्दीपको स्वागत गर्न उनका फ्यानहरु कारागार नै पुगेका थिए ।

थुनामुक्त भएका सन्दीपलाई कहिले क्रिकेटमा फर्किने भन्ने प्रश्नमा उनले चाँडै फर्किने जवाफ पनि फर्काए । थुनामुक्त हुँदै गर्दा उनलाई सोधियो– ‘सन्दीप तपाईं कहिले क्रिकेटमा फर्किनुहुन्छ ?’ उनले भने, ‘भेरी सुन, भेरी सुन । बिस्तारै टाइम हेर्दैछु ।’ इजलासले १९ पन्ने जारी गरेको आदेशअनुसार सन्दीप धरौटीमा रिहा भएका छन् ।

यदि १९ पन्ने आदेशको १७ पन्नाको ५ बुँदे आदेश पालना नगरे फेरि सन्दीप थुनामा जाने छन् । यता उच्च अदालत पाटनमा २० लाख धरौटी बुझाएर छुटे लगत्तै क्यानले सन्दीपका बारेमा निर्णय गर्न बैठक डाकेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए। सन्दीपलाई क्यानले कारबाही नगरेर निलम्बन मात्रै गरेकाले अब उनले खेल्न पाउने र कप्तानको समेत जिम्मेवारी पाउनुपर्ने घिमिरेको भनाइ छ।

लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

सुन्धारा कारागारबाट जिल्ला अदालत लगेर तारेखमा उनलाई रिहा गरिएको हो । लामिछाने कारागारबाट रिहा भएतापनि उनको नाममा जारी भएको पासपोर्ट रोक्का हुने भएकाले उनी विदेश जान पाउने छैनन् भने काठमाडौं उपत्यका बाहिर जादाँ पनि प्रहरीलाई लिखित जानकारी गराउनुपर्ने हुन्छ ।

Comments