अष्ट्रेलियामा सामान्य काम गर्ने व्यक्ति बने रातारात करोडपति ? कसरि बने ?

 


कार्तिक १५, अष्ट्रेलिया । अष्ट्रेलियाको इतिहासमा सबैभन्दा ठूलो चिठ्ठाको पुरस्कार विभाजन गर्ने अन्तिम विजेताले आफ्नो अंश दाबी गर्न पुगेका छन्।

बिहीबार राति भएको पावरबल ड्र १३८० को बिजेता अंक १०, ४, १२, १८, २, ३४ र ७ थिए।द लोटका अनुसार तीन जना विजेताहरू न्यु साउथ वेल्स, भिक्टोरिया र वेस्टर्न अष्ट्रेलियाका रहेका छन्।

उनीहरूले चिठ्ठाको जम्मा रकम १६० मिलियन (१६ करोड) डलर पाएका थिए। उनीहरू प्रत्येकको भागमा ५ करोड ३ लाख डलर परेको बताइएको छ।

न्यु साउथ वेल्सबाट चिठ्ठामा रकम जितेका व्यक्तिको शुक्रबार बिहानसम्म परिचय खुलेको थिएन। तर, तर मध्याह्नको केही समय अघि पेनरिथका व्यक्तिले आफ्नो पुरस्कार दाबी गर्न लोट्टो अधिकारीहरूलाई फोन गरेका छन्।

उनले चिठ्ठामा यति ठूलो रकम जितेको भनेर विश्वास नै नलागको बताए। उनले झण्डै चिठ्ठा खरिद गर्नबाट छुटेको तर हतारमा किनेको चिठ्ठाले मालामाल भएको बताए।

विजयी टिकट पश्चिमी सिड्नीको क्रेनब्रुकमा रहेको एउटा सपिङ सेन्टरमा रहेको सानो चुरोट तथा खैनि पसलमा खरिद गरिएको थियो।

दैनिक परिश्रम गर्ने व्यक्ति रातारात करोडपति

द लोटका अधिकारीहरूले डिभिजन वान जित्ने एक जना दैनिक परिश्रम गर्ने व्यक्ति थिए। उनले चिठ्ठा जितेको थाहा पाएपछि आँसु रोक्न ठूलो संघर्ष गरे।

ती व्यक्तिले अब आफ्नो काम छोड्ने बताएका छन्। ‘मेरो काम सकियो। अब रिटायरमेन्टले बोलाइरहेको छ।’ उनले भनेका छन्।न्यु साउथ वेल्सका विजेताले भने पेनरिथबाट टिकट खरिद गरेका थिए।

लटले वेस्टर्न अष्ट्रेलियाका विजेताको बारेमा भने केही जानकारी दिएको छैन। लटकै अर्को डिभिजनमा ४२ जनाले जनही ७७ हजार डलर जितेको बताइएको छ।

Comments