न्युजिल्याण्डमा कार दुर्घटना परि एक नेपालीको मृत्‍यु, ३ जना घाईते

 

न्युजिल्याण्डमा कार दुर्घटनामा परेर एक नेपालीको ज्यान गएको छ । साउथ आईल्याण्डको एक डेरी फार्ममा कार्यरत  दिलिप दराईको विन्टनमा दुर्घटना परि मृत्‍यु भएको हो ।  उनि सँगै कारमा सवार अन्य ३ जना घाईते भएका छन् । मृतक दिलिपकी श्रीमती पनि दुर्घटनामा परि घाईते भएकी छिन् ।

उनको डुनेडिन अस्पतालमा उपचार भईरहेको छ ।  दुई जनालाई तत्काल हेलिकप्टर मार्फत उद्दार गरेर डुनेडिन लगिएको थियो । घाईते एक जनालाई  भने उपचार पछि डिस्चार्ज  गरिएको छ ।   जनवरी २४ तारिकका दिन लोसार मनाएर फर्किने क्रममा उनीहरु सवार कार  दुर्घटनामा परेको थियो । कार र ट्याँकर ठोक्किदा ठुलो दुर्घटना भएको थियो ।

नेपाल स्थित परिवारका सदस्यले मृतकको शव नेपाल झिकाउन आग्रह गरेपछि उनको शव नेपाल पठाउन पहल सुरु गरिएको न्युजिल्याण्डका लागि नेपाली वाणिज्य दुत आत्मराम खनालले जानकारी दिनु भयो ।

उता मृतक दिलिप कार्यरत रहेको डेरी फार्म र उनलाई काम लगाईदिने Recruitment Agency The regions ले उनको शव नेपाल पठाउन सहयोग संकलन सुरु गरेको छ । Give a Little पेज मार्फत The regions ले सहयोग संकलन थालेको हो । The regions ले दराईको शव नेपाल पठाउन ५ हजार न्युजिल्याण्ड डलर समेत सहयोग गरेको छ ।

Comments