
गायिक निरा छन्त्यालको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा मृत्यु भएको छ। उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्यो।पोखरामा पाइला टेक्न नपाउँदै उनी संसारबाट विदा भइन्।
उनीसहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो। पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो।उनले विमान चढ्नुअघि माघे संक्रान्तिको अवसरमा शुभकामना दिएकी थिइन्।
रहनुहुने सम्मपूर्ण आमाबाबु,दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’माघीको अवसरमा काठमाडौंमा शनिबार एक कार्यक्रममा सहभागी भएकी थिइन् उनी।
कार्यक्रमपछि काठमाडौंमा गरेको रमाइलोपछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर समेत पोस्ट गरेकी थिइन्।सोही अनुरुप उनी बिहान पोखरा जानका लागि यती एयरलाइन्सको विमान चढेकी थिइन्। अब हेरौं मृत्युअघि गायिका निरा छ्न्त्यालले बनाएका टिकटक भिडियो :
Comments