नेपाल आदिवासी जनजाति महासंघ, जापानले आयोजना गरेको “ नेफिन जापान सांस्कृतिक साँझ २०२३” को लागी जापान आउनु भएका चर्चित गायक राजेश पायल राइ, द भोइस सिजन ४ को फस्टरनर गायीका सविना योङहाङ लिम्बु र द भोइस किड्स टप फाइनलिस्ट गायीका सम्रिद्वी परीयारलाई टोक्यो नारिता विमान स्थलामा भव्य स्वागत गरिएको छ ।
सांगितिक भ्रमणमा नेपालको सर्वाधिक ख्याति प्राप्त लोकप्रिय गायक राजेश पायल राई आज जापान आई पुग्नु भएको छ।साथमा सविना योङहाङ लिम्बु र समृद्धि परियार पनि जापान आईपुग्नु भएको छ । नेपाल आदिवासि जनजाति महासंघ, जापानको अध्यक्षः जापानका बरिष्ठ उपाध्यक्षःनविन निउॅरे,नेफिन जापानका महासचिव शिशिर लिम्बु,नेफिन जापानको सल्हाकार हवल चन्द्र लामा, थकाली सेवा समितिको अध्यक्ष बुद्दी गौचन,
तमु धी जापानका अध्यक्ष रमेश गुरुङ,किरात याक्थुङ चुम्लुङ जापान को अध्यक्ष सुदिप पालुङवा लिम्बु,शेपा संघ जापानका महासचिव पासाङ शेर्पा, नेपाल मगर संघ, जापानको सह कोशाध्यक्ष सविनबाबु मगर लगायत बिभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू,सामाजिक अभियान्ताहरू नारिता अन्तराष्ट्रिय विमान स्थलमा राजेश पायल राई, सविना योङहाङ र सम्रिद्वी परियार लाई स्वागत गर्न पुग्नु भएको थियो।
“नेफिन जापान साँस्कृतिक साँझ २०२३ “जापानको फुकुओकामा जनवरी ७ तारिक नागोयामा जनवरी ८ तारिक,चिबामा जनवरी १४ तारिक,टोकियोमा जनवरी १५ तारिक र ओकिनावामा जनवरी १८ तारिक कार्यक्रम हुन लागेको छ हो। कार्यक्रमबाट हुने मुनाफा रकम महाबिर पुनले नेपालमा स्थापना गर्नु भएको राष्ट्रिय आविस्कार केन्द्र नेपाल लाई सहयोग गरिने कुरा आयोजक संस्थाका अध्यक्षः सन्जिब राईले जानकारी दिनु भयो।
कार्यक्रम बारे जानकारी दिनु हुँदै महासचिव शिशिर लिम्बु ले जापानमा व्यस्त जीवन यापन भए ता पनि समय मिलाएर आविस्कार केन्द्रको सहायताको लागि जापानमा रहनु बस्नु हुने नेपाली दाजु भाई दिदी बहिनीहरु उपस्थित भई दिनु हुन अनुरोध गर्नु भयो ।

Comments