दोहोरी गायक भिम पौडेललाई सम्झेर कलाकारहरुको रु’बाबासी, दोहोरी साझं बन्द गरेर कलाकारहरु रुदै घर फर्किए

 

डिप्रेसनका कारण दोहोरी गायक भीम पौडेलको निधन भएको आशंका गरिएको छ । चर्चित लाेकदाेहाेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाकाे शिखरमा पुगेका स्याङ्जाका गायक पाैडेलकाे बिहीबार राति करिब ११:२० मा नि’धन भएकाे हो । पारिवारिक स्राेतका अनुसार गायक पाैडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनकाे मृ’त्युकाे कारण भने खुल्न बाँकी छ।

उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी परेको उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन्। गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्र’द्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेकाे बताइएकाे छ।

भीमले २ बर्षको उमेर हुदै बाबा गुमाएका थिए ,७८ बर्षीय एक्ली आमालाई झन् एक्लै बनाएर भीम सधैलाई संसार छाडेर गए।५ भाई र ४ दिदि बहिनी मध्यका कान्छो छोरा भीम २०४१ सालमा स्याङ्गजा पुतलीबजार नगरपालिकामा जन्मिएका थिए। परिवारको कान्छो छोरो भएको कारण पनि आमाको काखमै हुर्किने खेल्ने गरे। ठुलो हुदा सम्म आमा संगै बसेका उनि १ महिना देखि आमा संगै गाउँमा बस्दै आएका थिए

भीमले सुरुवात भने रेकर्डेट गीतबाट गरेका थिए तर त्यो उनको लागि खासै फलदायी रहेन।झन्डै ८ वर्ष अगाडी देखि लाइभ दोहोरीको क्रेज एकाएक बढे संगै भीमको माग पनि उतिकै बढ्न थाल्यो ,त्यो समयमा सर्बाधिक खोजिने नाममा भीम पौडेल,बाल चन्द्र बराल ,रबिन लामिछाने हरु रहेका थिए।
उनको हाँसोलाइ लिएर धेरै रमाउने गर्दथे।

Comments