नेपालीपन झल्काउदै रवि लामिछानेले केकको साटो ‘जुजु धौ’ काटे अनि दियो बालेर मनाए श्रीमतीको जन्मदिन

 


नेपालीपन झल्काउदै गृहमन्त्री रवि लामिछानेले जुजु धौ (दही) काटेर श्रीमतीको जन्मदिन मनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका मन्त्री लामिछाने मौलिकतालाई आत्मसाथ गर्दै निकिता पौडेलको जन्मदिन मनाएका हुन् ।निकिताले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै रविकै प्रस्तावमा मौलिक ढंगको जन्मोत्सव मनाएको उल्लेख गरेकी छन् ।

श्रीमती निकिता पौडेलले लेखेकी छिन् ‘गृहमन्त्री ज्युले नयाँ चलन चलाउने प्रस्ताव राख्नु भो । जन्म दिनमा केक होइन हाम्रै जुजु धौ (दही) काट्ने र मैन बत्ती निभाउने होइन दियो बाल्ने,’ उनले अगाडि लेखेकी छन्, ‘ आज हामीले त्यसै गर्‍यौँ । एउटा मौलिक ढंगको जन्मोत्सव सम्पन्न भयो। शुभकामना दिनु हुने सबैलाई धेरै धन्यवाद ।’

साथै श्रीमती निकिता पौडेलको जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा गृहमन्त्री रबि लामिछानेले लेखेका छन् -‘ मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ। आफ्नो परिवारको त्यति ठूलो ब्यापारीक विरासत, विश्व विख्यात युनिभर्सिटीको उच्च शैक्षिक योग्यता,

उच्च अहोदाको सरकारी सेवा अनुभव, १५ वर्ष देखि एक प्रख्यात संचार माध्यमको संचालन जस्ता कयौं योग्यता र क्षमता आफैसँग हुदा हुदै पनि मेरै सफलतालाई तिमीले आफ्नो लक्ष बनायौ । आज तिम्रो जन्मदिनको अवसरमा म तिम्रो सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । सबै देवी देवताले तिम्रो रक्षा गरून्।’

Comments