पल शाहले सफाइ पाएपछि पुजा शर्माले भनिन् – खुसीको सीमा रहेन, म जहिले तिम्रो साथमा थिए

 

काठमाडौं – नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले सफाइ दिएपछि अभिनेत्री पुजा शर्माले खुसी सीमै नरहेको बताएकी छन् । उता पल शाहले सफाइ पाएपछि नायिका पुजा शर्मामा खुसीको सीमा रहेको छैन् भन्दै खुलेर फोटो सेयर गरेकी हुन् ।

उनले आफु जहिले पनि पलको साथमा रहेको बताएकी छन् । उनले सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेकी हुन्। उनले लेखेकी छन्, ‘जहिले तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन ।’ जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको छ । अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

Comments