
सागर ढकाल भन्छन- गुलेली झन् तन्किएको छ । पुराना पार्टीहरुले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने देखिदैन। हजारौं परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ।
सोच्दै छु मलाई पनि मुद्दा चाही के लाग्ने होला ? एउटा पार्टी/व्यक्तिलाई एक ठाँउबाट रोके अर्को ठाँउबाट अर्को अनुहार/पार्टी भएर फुट्छ। यो सक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरु सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झन् शसक्त र सजग भइ अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको छ।
विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरुलाई झन् राम्रो पाठ भएको छ। सधैँ विदेशिएर हुदैन, हजुरहरु पनि अब प्रक्रिया पुर्याएर नेपाल फर्कनुस देश बनाउन आउनुस। संजोगबस आजै पुजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो ।

Comments