काठमाडौ । सचिन परियार यतिबेला अस्पतालमा उपचाररत अबस्थामा छन । यसैक्रममा आज भने बिरामी सचिनलाई भेट्न कलाकार जयकिशन बस्नेत सहयोग लिएर अस्पतालमै पुगेका छन । सचिन परियारको नाममा मान्छेहरुले एकपटकमात्र नभएर पटकपटक पैसा उठाएको तर सचिनको जिबनस्तर भने जस्ताको त्यस्तै रहेको उनले बताए ।
उनको नाममा उठाईएको पैसा पुरै दुरुपयोग भएको उनले बताए । सचिनको बाबुलाई भारतबाट झिकाउने काम उनैले गरेका रहेछन । यसरी सचिनको नाम बेचेर पैसा उठाउनेमा मिडियाकर्मी र सामाजिक अभियान्ता रहेको उनले बताए । पैसा उठुउन्जेल सचिनको साथ दिएजस्तो गर्ने र पैसा उठ्न छाडेपछि साथ पनि छोड्दिने गरेको उनले बताए दुनियाँ आसेपासेले सचि नको पैसा उडाउनुभन्दा सचिनको बाबू तेजेन्द्रले नै पैसा उडाएको जाती भन्दै जङ्गिए उनी ।
सचिनको बाबू पनि अर्कै आमासँग बस्दै आएको र सचिनकि आमाले पनि अर्को बिबाह गरेकोले पिडीत चाहिँ सचिन रहेको उनको भनाई छ । सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् । युट्यूवबाट भाइरल भएका बालक सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको पीआइसीयूमा राखेर उपचार भइरहेको थियो ।
स्वास्थयमा सुधार भएसंगै उनलाई अहिले पीआइसीयू बाट जनरल वार्डमा सारिएको थियो आज फेरी उनको MRI गरिएको छ । चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । अस्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । छैनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ । सचिनलाई सानै देखि पिशाब चुहिने समस्या समेत रहेको थियो ।

Comments