३४ वर्षको उमेरमा व्रतबन्ध गरेका नायक पुष्प खड्का विवाहको तयारीमा जुटे !

 

बिहीबार बसन्त पञ्चमीमा ३४ वर्षको उमेर व्रतबन्ध गरेका नायक पुष्प खड्का चाँडै विवाह गर्ने तयारीमा रहेका छन्। प्रायः हिन्दू धर्मालम्बीहरुको बाल्यकालमै व्रतबन्ध हुने गर्छ । पुष्पले भने ३४ वर्षको उमेरमा व्रतबन्ध गरेका हुन् ।

उनले यो उमेरमा आएर व्रतबन्ध गर्नुलाई धेरैले विवाहका लागि बाटो खुलाएको हुनसक्ने अड्कलबाजी काटेका छन् । पुष्पले पनि विवाह गर्न लागेको कुरा स्वीकार गरेका छन् । उनले आफू विवाहको तयारीमा रहेको जानकारी दिए । यसै वर्ष बिहेको तयारी भैरहेको उनले बताए । उनले अस्ति आफ्नो फेसबुक पेजमार्फत आफुले व्रतबन्ध गरेको कुरा जानकारी गराएका थिए।

उनले भने, व्रतबन्ध गरेर बिहेका लागि बाटो खुलाएको हो भन्दा गलत हुँदैन । अब फिल्म र पारिवारिक जीवन एकसाथ अगाडि बढाउँछु । सम्भवतः यसै वर्ष विवाह हुन सक्छ । अहिले विवाहका लागि माहोल बनिरहेको छ ।’ हुनेवाला दुलही फिल्म क्षेत्रभन्दा बाहिरको हुने पनि उनले बताएका छन् ।

हुनेवाला दुलही फिल्म क्षेत्रभन्दा बाहिरको हुने पनि उनले बताएका छन्। यस वर्ष पुष्पका दुई फिल्म ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शन भैसकेका छन्। माघ २७ गते उनको नयाँ फिल्म ‘मनसँग मन’ रिलिजको तयारीमा छ। अभिनयमा कुशल मानिने खड्काको यतिबेला नेपाली फिल्ममा राम्रो माग छ।

Comments