पुष्पालाई आफ्नै घरको गेटमा आएर आ’त्मह”त्या गर्न बाध्य बनाएको अभियोगमा जे’ल पुगे सुधन, पहिल्यै घरमै ब’ला”त्का’र भएको बयान!

 


आफ्नो शरीरमा पे’ट्रोल खनाएर आ”त्मदाह गरेकी पुष्पा न्यौपानेलाई आ’त्मह’त्या गर्न बाध्य बनाएको अभियोगमा सुधन सङ्ग्रौला पुर्पक्षका लागि का”रागार पुगेका छन्। मङ्सिर १८ गते काठमाडौँको धुम्बाराहीमा उनले आ’त्मह”त्या गरेकी थिइन्।

जिल्ला अदालत काठमाडौँले थुनछेकको बहसमा उनलाई तत्काल संलग्न नभएको भन्न सक्ने अवस्था नभएको भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म का”रागारमा राख्न आदेश दिएको हो। बिहीबार आएको आदेशपछि उनी पुर्पक्षका लागि का”रागार चलान भएका छन्।

प्रेम सम्बन्धमा रहेका यी दुवै विवाह गर्न राजी भएर इन्गेजमेन्ट समेत भएको थियो। पछि सुधनले इन्गेजमेन्ट तोडेका थिए। इन्गेजमेन्ट तोडिएको दोस्रो दिन सुधनको घर अगाडि पुष्पाले सुधनको घर अगाडि पे’ट्रोल खन्याएर आ’त्मह”’त्या गरेकी थिइन्।

सुधनको घर अगाडि नै आ’त्मह”त्या गर्नुले उनलाई आ’त्मह”’त्या गर्न बाध्य पार्ने काम सङ्ग्रौला परिवारले नै गराएको र करिब पाँच घण्टा उनीहरूको घर अगाडि बसेको, ढोका ढकढक्याएर भेट्न खोज्दा समेत नभेटी आत्मह”’त्या गर्न बाध्य बनाएको भन्ने तर्कको आधारमा उनलाई पुर्पक्षका पठाएको देखिन्छ।

सुधनले प्रहरी बयानमा अन्य केटासँगको सम्बन्धबारे भनेका कारण आफूले जनै सुपारी फिर्ता गरेको बताएका थिए। सङ्ग्रौलाले बयानमा भनेका छन्,‘पुष्पाले पूर्व प्रेमीलाई भेट्छु भनिन्। उनको मोबाइलको कभरमा पनि पूर्व प्रेमीको फोटो थियो। पुष्पाले धेरै केटासँग शारीरिक सम्पर्क गरेको र पुष्पा परिवारकै मान्छेले समेत बला”’त्कार गरेको खुलेपछि आफूहरूले यस्तो कुरा सुन्न नसकेर छाडेको उनले दाबी गरेका थिए।

सङ्ग्रौलाको बयानको सम्पादित अंश
पुष्पासँग मेरो ७ महिना पहिले देखि चिनजान रहेको भएको हो। उनीसँग मेरो विवाह सन्दर्भमा कुराकानी चलेको हुँदा सोही विषयमा सामान्य आपसी मतभेद मात्र थियो। कुनै रिसिइबी थिएन।

म २० वर्ष पहिलेदेखि काठमाडौँ जिल्ला न्युरोडमा कपडाको होलसेल व्यापार गर्दै आएको छु। सोही सिलसिलामा न्युरोडमा नै जुत्ताको होलसेल व्यापार गर्दै आएका उत्तम न्यौपानेसँग चिनजान भयो । मलाई उत्तमले केपी स्पोर्टस ब्रान्डको पसल समेत सञ्चालन गर्ने गरेको थाहा भयो।

दरबारमार्गमा बच्चाहरूको कपडाको स्वरुम राख्ने मेरो इच्छा थियो। २०७९ जेठ १४ गते म दरबारमार्ग गएको थिएँ। मलाई स्थान उपयुक्त नलागेकाले कुरा अघि बढेन। केल्मी कम्पनीको लुगा कपडाहरू राम्रो छ भन्ने सुनेकाले अर्को दिन हामी दुई जना दाजुभाइ न्यौपानेले सञ्चालन गरेको केल्मी स्वरूपबाट टिसर्टहरू किन्न गयौँ। टिसर्ट किन्ने क्रममा पुष्पा न्यौपानेसँग भेट भयो। पुष्पाले तपाईँहरू दुई जना जुम्ल्याहा हो भनी सोधिन्। मैले हो भनी जवाफ दिएँ । उनले हामीहरूको नाम सोधिन र परिचय भयो।

Comments