बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ। ‘के छ हजुर? भनेर चर्चामा आएका बालगायक सचिन परियार हात खुट्टा दुख्ने र नचल्ने भए पछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न डा. सूर्य बहादुर थापालाई उद्धृत गर्दै उनीनिकट पत्रकार कमल सरगमले जानकारी दिए।
सचिन हल्का बोल्नसक्ने भएका छन्, उनले भने ‘तर उनका शरीरका अरु अङ्ग भने चलेका छैनन् छिट्टै सुधार हुनेछ।बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ।
खर्चको अभावमा उपचारहुन नसकेपछि उनको उपचारका लागि अहिले लाखौं रकम जम्मा भइरहेको छ। केही समयअघि चर्चित टेलिशृङ्खला मेरी बास्सैमा समेत अभिनय गरेका सचिनले नेपालका चर्चित कलाकारहरूसँग पनि कामगरेका छन्।
एक समय युट्युबदेखि टिकटकसम्म छाएका थिए उनी। भाइरल हुने क्रममा उनले गुणस्तरीय शिक्षा पनि हासिल गर्ने अवसर पाए पनि न उनी अभिनयमा देखिन थाले न त विद्यालयमा नै । सचिन अस्पतालमा हुदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् ।
छोरा भाइरल भएपछि उनी पनि विभिन्न युट्यूव च्यानललाई अन्तरवार्ता दिँदैहिँड्ने गर्थे । तर, केही समयदेखि उनी गुमनाम बनेका छन् । सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेका थिए । कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा छ ।

Comments