अर्घाखाँची जिल्लामा पर्ने शक्ति साली मन्दिर जहाँ पुग्दा गाडी रोकिन्छन “स्टार्ट नै बन्द हुन्छ !


 अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ अर्घाखाँचीको नरपानीमा पर्ने सुपा देउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् ।

चालकलाई हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्दगर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् किंवदन्ति अनुसार लाहुर जान हिडेको एक जना बाटो हिँड्ने युवकले देवी म सेनामा भर्ती हुन पाऊँ छुट्टीमा पहिलो पटक फर्की आउँदा एकतोला सुन चढाउनेछु भनी भाकल गरेको थियो ।

देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले भाकल बिर्षेछ । देवीको मन्दिर छलेर जान लाग्दा देवीको शक्तिका का,रण लाहुरे आफैँ भि,त्तामा टाँसिएको किंवदन्ति छ ।

सुपा देउराली मन्दिर नजिकको पहरामा पछि लाहुरेको आकृति र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ । सो स्थान’मा अहिले पनि ‘लाहुरे टाँसिएको भिर भनेर मन्दिर संरक्षण समि’तिले होर्डिङ बोर्ड नै राखेको छ ।

अहिले पनि सो बाटो भएर हिँड्ने अधिकाशं गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे सन्धिखर्क चल्ने कुनै पनि सवा’रीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् ।

Comments