पिङ नै बन्याे अस्मिताकाे काल, यही नै बन्याे उनकाे अन्तिम टिकटक, यसरी लगियाे माेरङ [भिडियाेसहित]

 


पोखराको नयाँ बजार बस्दै आएकी २२ वर्षीया अस्मिता लिम्बू मंसिर २० गते घर मोरङ जाने तयारीमा थिइन्।

घर जान उनले बस टिकटसमेत काटेकी थिइन्। भोलिपल्ट घर जान लागेकी अस्मितालाई अघिल्लो दिन मंसिर १९ मा उनकी दिदी रुविना र साथीहरूले नजिकै चलिरहेको औद्योगिक व्यापार मेला हेर्न लगे।

मेला सकिनै लागेको थियो। साँझ ६ बजेतिर उनीहरू नयाँ बजारकै प्रदर्शनी केन्द्र पुगेका थिए। मेलामा घुम्दै गर्दा उनीहरू रोटे पिङ राखिएको ठाउँमा पुगे। पिङ खेल्न खोज्दा मान्छे नपुग्ने भन्दै उनीहरूलाई पिङ चलाउन बसेका व्यक्तिहरूले फर्काइदिए।

मेला हेर्न गएका अरू पनि केहीबेरमा पिङतर्फ गए। उनीहरू पिङ खेल्न चाहेपछि अस्मिताको समूहलाई पनि पिङ खेल्न बोलाइयो।

उनीहरू टिकट काटेर पिङ चढे। जब पिङ चल्न थाल्यो, दोस्रो घुमाइमै अस्मिता बसेको डिब्बा छड्के भयो। अस्मिता, रुविना र कोपिला बानियाँ पिङबाट खसे।

पिङको माथिल्लो भागबाट खसेका उनीहरूमध्ये अस्मिता गम्भीर घाइते बनिन्।

कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पिङबाट खसेर ग-म्भीर घा-इते भएकी अस्मिताको बुधबार ज्यान गएको छ।

अस्मिताकी दिदी रुविनाले भोलि घर जान लागेकी बहिनीलाई रमाइलो हेर्न लगेको बताइन्। पिङको नट राम्रोसँग नकसेका कारण खस्न पुगेको उनले बताएकी छन्।

बाँकि भिडियामा


Comments