काठमाडौंमा इन्गेजमेन्टपछि भयो बिहे रद्द, युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदाह

 


काठमाडौं । इन्गेजमेन्ट तोडिएपछि बानेश्वरकी एक युवतीले केटाको घरमा पुगेर आत्महत्या गरेकी छन् ।

विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगेर आत्मदाह गरेकी हुन् । उनलाई प्रहरीले तत्काल उद्धार गरेर कीर्तिपुरस्थित वर्न अस्पताल पठाएको थियो । तर, उनको सोमबार बिहान मृत्यु भएको हो ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । तर, यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन्। पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए। आइतबार राति नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तर अदालतले सुदनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ। सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ।


Comments