३७ वर्षीय पुरुषले छोरा जन्माए, कसरी भयो सम्भव ?

 काठमाडौं ।


 एक पुरुषले छोरालाई जन्म दिएका छन् । अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरालाई जन्म दिएका हुन् । ट्रान्स्जेन्डर पुरुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् ।

जानकारी अनुसार ३७ वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् ।करिब ७ वर्षअघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रेस्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने हर्मोनहरु परिवर्तन गराएका थिए । 

तर, मातृसुख लिन चाहेका विलियमले लिंग भने परिवर्तन गराएका थिएनन् उनै ट्रान्सजेन्डर पुरुष विलियमले सन् २०१७ मा मलिक नामक पुरुषसँग प्रेम सम्बन्धमा गाँसिए । लामो समयसम्म लिभिङ रिलेसनमा बसेको सो दम्पतीले सन्तान जन्माउने फैसला गरेको बताइएको छ ।




Comments